नक्कली डाक्टर पक्राउ

-


     सुचनाको हक     
     असार २३ गते २०७९ मा प्रकाशित


मिति २०७९।०३।२२ गते दिनको अन्दाजी १०:३० बजेको समयमा यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि तोकिएको बागलुङ न.पा.वडा नं.२ स्थित शंकर पोलिक्लिनिकमा अवैध व्यक्तिले सेवाग्राहिको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा उक्त शंकर पोलिक्लिनिकमा गई चेकजाँच गर्दा सम्बन्धित चिकित्सकको अनुपस्थिती मै स्वास्थ्य परीक्षण सम्बन्धि जानकारी नभएको व्यवस्थापन सङ्काय अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाईएकोले उक्त पोलिक्लिनिकको तलासी लिँदा कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्र लगायत छाप, रसिद, स्ट्याम्प प्याड समेत फेला पारी रीतपूर्वक बरामद गरी उक्त कसूरमा संलग्न धादिङ जिल्ला धादिङबेशी न.पा. वडा नं. ०५ बस्ने बर्ष २७ का राम अर्याल र जिल्ला नवलपरासी पूर्व (नवलपुर) कावासोती न.पा. नं.०९ बस्ने बर्ष २१ का गणेश भण्डारीलाई नियन्त्रणमा लिई सम्मानित बागलुङ जिल्ला अदालत बागलुङबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको ।