नक्कली बिलभरपाई खडा गर्नेलाई अख्तियार द्वारा मुद्दा ।

-


     सुचनाको हक     
     जेठ १९ गते २०७९ मा प्रकाशित


जिल्ला सुर्खेत, गढी, लेखगाउँ, कुनाथरीमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग नेपाल नागरिक समाज (सिस नेपाल), सुर्खेतले मिति २०७३।१२।२७ मा गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रबर्द्धन गर्ने जिम्मेवारी तोकी कार्यादेश समेतको आधारमा नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेको मिलेमतो र संलग्नतामा नक्कली बिल भरपाई तयार गरी रु.१३,३७,०२०।- रकम खाई मास्ने उद्देश्य लिई सरकारी/सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा जनही बिगो रु.१३,३७,०२०।– (तेह्र लाख सैतीस हजार बीस रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३(१) को देहाय (च) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी पुर्‍याएको बिगो असुलउपर हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।