नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई सरकारी सेवा सुबिधा लिई रहेका विरुद्ध मुद्धा

-


     सुचनाको हक     
     मंसिर १८ गते २०७९ मा प्रकाशित


कैलाली जिल्ला अन्तर्गत सञ्चालित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानविन गरिपाँउ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज मथुरा चौधरीले राष्ट्रसेवकको ओहदा लिई सोबाट लाभ लिने उद्देश्यले स्नातक तहको नक्कली Transcript, Provisional Certificate, Character Certificate हरु पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भई कार्य गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज मथुरा चौधरीउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ। 

जिल्ला ओखलढुङ्गा, पूर्वाधार विकास कार्यालयमा रा.प. अनंकित प्रथम श्रेणी, ल्याब टेक्निसियन पदमा करार सेवामा कार्यरत राम एकवाल यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राम एकवाल यादवले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले Diploma in Civil Engineering को नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गामा सव-इन्जिनियर पदमा डोरहाजिरीमा तथा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरकफरक मितिमा दुई वर्षभन्दा बढी अवधिसम्म कार्यरत रही निजले तलव, भत्ता र अन्य लाभसमेत लिएको देखिँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको पुष्टि हुन आएकोले निज राम एकवाल यादवउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।