राजस्व अनुसन्धान विभाग महानिर्देशकमा सहसचिव झलकराम अधिकारीले जिम्मेवारी पाएका छन्। अधिकारीले बुधबार पदभार ग्रहण गरेका हुन्।
महानिर्देशकबाट प्रकाश पौडेल बिदा भएसँगै सो जिम्मेवारीमा अधिकारी आएका हुन्। पौडेल महानिर्देशक बनेको ८ महिना नपुग्दै सरुवा भएका हुन्।
उनी सञ्चार मन्त्रालय जाने तयारी गरेका छन्। अधिकारी भने यसअधि ४ महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा बसेका थिए।
अघिल्लो हप्ता मात्रै अधिकारीको संघीयबाट मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए। कार्यालयले अधिकारीलाई महानिर्देशकको जिम्मेवारी पाएसँगै कार्यभार सम्हालेका हुन्।
अधिकारी यसअघि वातावरण विभागका महानिर्देशक भैसकेका छन्। यस्तै राजस्वमा काम गरेको अनुभव पनि रहेको छ। उनी ठुला करदाता कार्यालयमा प्रमुखका रुपमा काम गरिसकेका छन्। यस्तै तालिम केन्द्रका प्रमुखका रुपमा पनि काम गरिसकेका छन्।