अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं स्थापना दिवस (२०७८ माघ २८) को उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धी नारा (Slogan) संकलन गरी उत्कृष्ट नाराहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी यसै फारम मार्फत मिति २०७८ पौष ३० गते बेलुका ४:०० बजे सम्ममा उपलब्ध गराई दिनुहुन अनुरोध छ। उत्कृष्ट नारा पठाउने १० (दश) जना व्यक्तिहरुलाई पुरस्कार स्वरुप प्रति व्यक्ति नगद रु. २००० (दुई हजार रुपैयाँ मात्र) बैंक खातामा उपलब्ध गराईनेछ। पुरस्कृत नाराहरु आयोगले विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरुमा प्रयोग गर्नेछ।
(नोट: एकजना व्यक्तिलाई अधिकत्तम एउटा नाराको लागि मात्र पुरस्कृत गरिनेछ।)
याे सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काे सूचना रहेकाे जानकारी गराउदछु , प्रधान सम्पादक