निती तथा कार्यक्रम र बजेट निर्माणको लागी भिमसेन थापामा छलफल

-


     सुचनाको हक     
     असार ५ गते २०७९ मा प्रकाशित


भिमसेन थापा गाउँपालिका गोरखाले आर्थिक बर्ष २०७९÷०८० को लागी योजना तर्जुमा अन्र्तगत नीति तथा कार्यक्रम र बजेटबारे सरोकारवालाबीच छलफल चलाएको छ । पालिकाको आगामी नीति कार्यक्रम र बजेट बारे धारणा बनाउन र बिभिन्न निकायबाट सल्लाह सुझाबको लागी अनलाईन जुमबाट र प्रत्यक्ष समुहमा पनि छलफल गरेको हो । छलफलको लागी स्वदेश तथा बिदेशमा रहेका बिज्ञ, बौद्धिक व्यक्तित्व, पालिकामा प्रत्यक्ष, अप्रत्यक्ष सरोकार राख्ने व्यक्तित्वहरुको बिशेष उपस्थिती रहेको थियो । पालिकाले यहि असार १० गते आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । पालिकालाई ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजबाद उन्मुख गाउँपालिका बनाउने उद्देश्यका साथ जनस्तरबाटै सुझाब संकलन गरिएको पालिका अध्यक्ष लोकप्रसाद बञ्जरा बताउनुहुन्छ । जनताको आवश्यकता के हो त्यही अनुरुप नै नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने बताउनु भयो । गाउँ घर टोल टोलमा स्थानीय सरकारको अनुभुती हुने गरी तयारी थालेको बञ्जराको दाबी छ ।