सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गणेशपुरकाे संयुक्त टाेलीले प्रतिबन्धित भारतीय काठ बरामद गरिएकाे छ।
बगैचामा पराल मुनि राखेको काठ सोमवार सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल डालपुर र इलाका प्रहरी कार्यालय गणेशपुरकाे संयुक्त टाेलीले बरामद गरेको इप्रका गणेशपुरका प्रहरी निरिक्षक विजय तिमल्सिनाले जानकारी गराउनुभएकाे छ I
विजयनगर गाउंपालिका ७ गेडुवजोत काे एउटा बगैचामा लुकाएर राखिएकाे अवस्थामा २५ हजार बराबरकाे ६० क्युबफिट सिसमकाे काठ बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।
नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट प्रतिबन्धित कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाकाे वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छ ।