पत्रकार मोहमद मोजीबुल्लाहले हिन्दु मुस्लीम विच सम्प्रदायिकता भड्काउँन खोजेको भन्दै प्रहरीमा उजुरी

-


     सुचनाको हक     
     माघ २८ गते २०७८ मा प्रकाशित


रौतहट, २८ माघ । हिन्दु मुस्लीम विच सम्प्रदायीकता भड्काउँन समाजिक संजाल फेसबुकमा स्टाट्स लेखी पोष्ट गर्ने रौतहट जिल्लाको ईशनाथ नगरपालिका वार्ड नम्बर ८ का शेख आदुदको २७ बर्षिय छोरा मोहमद मोजीबुल्लाहलाई पक्राउ गरी कारवाहीको माँग गरिएको छ ।

रौतहट जिल्लाका विभिन्न गाउँपालिकाका स्थानियले उनको विरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता समेत गराएका छन । रौतहटको परोहा नगरपालिका ८ का अभिमन्यु पटेल, राजदेवी नगरपालिका ७ का राकेश कुमार यादव, माधवनारायण नगरपालिकाका ५ का राजभुषण प्रसाद श्रीवास्तव, यमुनामाई गापा ४ का सत्यतेन्द्र नारायण सिंह र देवाही नगरपालिका ५ का त्रिभुवन ओझाले संयुक्त रुपमा मोजीबुल्लाह विरुद्ध निवेदन दर्ता गराएका हुन ।

माघ २४ गते सरस्वती पुजा पश्चात माताको मुर्ती विर्सजन गर्न लैजाने क्रममा रौतहट कै ईशनाथ नगरपालिका ५ लक्ष्मीनिया टोलमा मुस्लीम समुदायका महिलाले अवरोध गर्दै ढुंगामुडा समेत प्रहार गरेका थिए । प्रहरी सुरक्षाका विच मुर्ती विर्सजन गर्न खोजेपनि मुस्लिम समुदायका महिला तथा पुरुषहरुले हस्तक्षेप गरी मुडामुढा समेत प्रहार गर्दा दर्जनौ हिन्दु समुदाय र केहि प्रहरी समेत घाईते भएका थिए ।

घटनामा दोषीलाई कारवाही गर्न हिन्दु समाजले आवाज उठाई रहेको बेला आफूलाई पत्रकार समेत बताउँने मोहमद मोजीबुल्लाहले घटनालाई ढाकछोप गर्न नियोजित रुपमा हिन्दु मुस्लिम विच सम्प्रदायिक फैलाई समाजमा अशान्ती मचाउँन खोजेको भन्दै कारवाहीको माँग गर्दै निवेदन दर्ता गराएका हुन ।

माघ २६ गते बुधबारका दिन विहान अन्दाजी ७ बजेको समयमा रौतहट जिल्लाको ईशनाथ नगरपालिका वार्ड ४ लौतना र मठियाको बिचमा १९ बर्षिय विवाहित महिलाको मृत अवस्थामा शव बरामद भएको थियो । प्रहरीले घटनालाई गम्भिरता पूर्वक लिएर अनुसन्धान कार्य गरीरहेको छ ।
तर अनुसन्धान प्रकृयालाई अवरोध बनाउँन र हिन्दु मुस्लिम विच हिंसा भडकाउँने तथा हत्याको आरोपीतलाई जोगाउँने षडयन्त्र गर्न आफनो फेसबुक पेजमा ‘सरस्वती पुजामा ईशनाथ नगरपालिकामा मुस्लीम महिलाहरु द्धारा भएको अवरोधको आक्रोश स्वरुप एवं मुस्लिम महिलाको हत्या त भएको होईन ? त्यस तर्फ पनि अनुसन्धान हुन जरुरी छ,’ भनि स्टेटस लिखि पोष्ट गरेका थिए ।

मोजीबुल्लाहलाई यथाशिघ्र पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउँन माँग गर्दै संयुक्त रुपमा निवेदन दर्ता गराएको परोहा नगरपालिका ८ का अभिमन्यु पटेलले बताए । उनले भने,‘ हिन्दु र मुस्लिम समुदाय विचको एकता, सद्भाव तथा वातावरण विगार्ने र दुवै समुदायको विच हिंसा भडकाउँने जानी जानी कार्य गरेको हुँदा हदैसम्म कारवाही हुनुपर्छ ।’

महिला हत्याको घटना के हो ? यो पनि पढौ
माघ २६ गते बुधबारका दिन विहान अन्दाजी ७ बजेको समयमा रौतहट जिल्लाको ईशनाथ नगरपालिका वार्ड ४ लौतना र मठियाको बिचमा १९ बर्षिय एक विवाहित महिलाको मृत अवस्थामा शव बरामद भएको थियो । प्रहरीले ईशनाथ नगरपालिका ९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको पुष्टी गरेको थियो ।
खातुनको मुखमा कपडा कोचेको अवस्थामा फेला परेको हुँदा उनको हत्या हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले शव नियन्त्रणमा लिई पोष्ट मार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ । घटना स्थलमा स्थानियले प्रहरीलाई दिएको बयानको आधारमा चार वर्षपहिला ईशनाथ नगरपालिका–७ का मोहमद फैयाज मियाँ धुनियासँग विवाह भएको थियो ।
विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । श्रीमानले फोन गरी भेट्न बोलाए पछी चाँदनी राति घरबाट निस्किएकी थिईन् । घटनाको बारेमा चारैतिर जानकारी भएपनि मृतक महिलाको श्रीमान हेर्न वा कुनै सम्पर्कमा नआएको स्थानियलाई उदृत गर्दै प्रहरीले बताए ।
पोष्टमार्टमको लागी शवलाई जिल्ला अस्पताल गौर पठाईएको छ । पोष्टमार्टम पछि घटनाको बारेमा थप कुरा खुल्ने रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घटनालाई गम्भिर रुपमा लिएर अनुसन्धान गर्ने काम भईरहेको प्रहरी उपरिक्षक घिमिरेले बताए ।