पहिलोपटक प्रदेश बाट उत्कृष्ट अभियन्ता छनोट गर्दै आयोग

-


     दुर्गा आचार्य     
     फागुन १६ गते २०७८ मा प्रकाशित


www.suchanakohak.com का संचालक दीपक आचार्य अध्यक्ष रहेको सामुदायिक सूचना समाज पोखराले सूचना को क्षेत्र मा काम गर्ने पत्रकार र सूचना अधिकारीलाई सम्मान र पुरस्कार दिने काम पहिलोपटक पोखरा बाट थालनी गरेको थियो । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटा मार्फत उक्त पुरस्कार को वितरण भएको थियो । पुरस्कार पाउनेमा पत्रकार यदुनाथ बन्जरा हुनुहुन्थ्यो जो अहिले सूचनाको हकका लागि जिल्ला संजाल कास्कीको अध्यक्ष पनि हुनुहुन्छ । सूचना अधिकारीको तर्फबाट तत्कालिन कास्की प्रहरी सूचना अधिकारि गजुसिद्दी बज्राचार्य पुरस्कृत हुनुभएको थियो ।

सूचना समाज को यो काम बाट प्रेरित भइ आयोग ले पनि उत्कृस्ट अभियन्ता र उत्कृस्ट सूचना अधिकारीलाई पुरस्कृत गर्ने काम सोहि बर्ष बाट शुरु गर्यो ।

यो वर्ष बाट पहिलोपटक प्रदेश बाट छनोट हुने गरि आयोगले तयारि गरेको छ । अगिल्ला बर्षहरुमा देशव्यापी छनोट हुने गरेकोमा पहिलोपटक हरेक प्रदेश उत्कृस्ट अभियन्ता छनोट हुने भएका हुन् ।