जब अपाङ्गताभएका व्यक्तिहरुको समस्याको कुरा ऊठ्छ तब सबैका मस्तिस्कमा संघसंस्थाहरू घुम्न थाल्छन्। संघ संस्थाहरुले धेरैका समस्या समाधान् पनि गरिदिएका छन्। शिक्षाको पहूँच् बाट टाढा रहेका अपाङ्गता भएका बालबालिकाहरू लाइ विद्यालय सम्म पूर्याएर ऊनिहरुको अन्धकारपूर्ण जिवनमा शिक्षाको उज्यालो बाटो देखाइदिने कार्यमा पनि संघ संस्थाहरुको भूमिका उल्लेखनीय छ। अपाङ्गता भएका व्यक्तिहरूको हक् अधिकारका लागि संघ संस्थाहरुले नै चर्को आवाज ऊठाइरहेका हुन्छन्। कतिपय कुरामा संस्था सफल पनि छ। कतिपय कार्य प्रभावकारी पनि छ। तर अरु कुरामा जति प्रगति भएतापनि चाहे मानिस होस् चाहे संस्था अन्य समस्याहरू सङ्ग डटेर सामना गर्न सकेपनि एउटा कूरामा भने कसैको ध्यान जानसकेको छैन। त्यो हो ब्रेल लिपिमा पाठ्यपुस्तक। सहज तरिकाबाट पढ्न पढाउन पाउनु सबैको अधिकार हो, तर पाठ्यपुस्तक ब्रेल लिपिमा उपलब्ध नहुनाले कति विद्यार्थिहरूले आफ्नो शैक्षिक यात्रालाइ कठिन मान्न बाध्य छन। कति शिक्षकहरूले सहज रूपले पढाउन पाइरहेका छैनन्। विद्यालय तहको ब्रेल लिपिमा बरु पाठ्यपुस्तक उपलब्ध छ । तर स्नातक तह तथा स्नातकोत्तरको पुस्तक ब्रेलमा उपलब्ध हुने कहिले ? उच्चशिक्षा अध्यापकका लागि अत्यावश्यक हो ब्रेल पुस्तक । तर हाल् सम्म कसैको पनि यो विषयमा ध्यान् जान सकिरहेको छैन। यदि कसैले ब्रेल पुस्तकको कुरा उठाएपनि कक्षा १२ भन्दा माथि कोहि जाँदैन। नेपालमा दृष्टिविहिनको क्षेत्रबाट हेर्ने हो भने ऊच्चशिक्षा अध्यापकको सङ्ख्या पनि न्यून छ। कति मसिको अक्षर हेरेर पढाउन सक्ने पनि होलान , त्यसैले हुनसक्छ ! यो विषयमा कसैले आवाज् नउठाएको फेरि हामिलाइ आ- आफ्नै समस्या ठूलो हुन्छ अरूका बारे सोच्ने समयनै कहाँ हुन्छ र ? अल्पदृष्टियुक्त हरूले त मसिको अक्षर बाट पढाउलान तर पूर्ण दृष्टिविहिनले के गर्ने ? तर यसो भनेर मैले दृष्टिविहिनहरुले पढाउन सम्भवनै छैन भन्न खोजेको भने कदापि होइन। ब्रेलमा हस्तलिखित नोट् तयार गरेर पढाउने शिक्षकहरू पनि हुनुहुन्छ। वर्तमान समयमा हरेक् क्षेत्रमा सहजिकरण हुन्छ तर उहाँहरूका लागि चाहिँ सहजिकरण खोइ नेपाल सरकार ?? हुनत यो विद्यार्थिहरुको लागि पनि आवश्यक नभएको भने होइन। तर प्राथमिकताका आधारमा हेर्ने हो भने विद्यार्थिलाइ भन्दा शिक्षकलाइ बढि आवश्यक देखिन्छ। किनकि विद्यालय तह जस्तो विश्वविद्यालय होइन। विश्वविद्यालयका विद्यार्थिहरूमा परिपक्वता आईसकेको हुन्छ , राम्रो नराम्रो छुट्याऊन सक्छन् ऊनिहरूले audio सुनेर पनि गर्नसक्छन्। तर शिक्षकले कक्षाकोठा भित्र audio सुनाऊने कुरा पनि त आएन। फेरि विद्यार्थिलाइ अप्ठ्यारो परे ऊनिहरुलाइ चित्त नबुझे गुनासो गर्ने सम्बन्धित निकायहरू छन् तर शिक्षक जाने कहाँ ? त्यसैले सम्भव भए विद्यार्थिकालागि पनि यदि यो सम्भव छैन भने शिक्षकहरूका लागि मात्र भएपनि ब्रेल लिपिमा स्नातक तथा स्नातकोत्तरको पाठ्यपुस्तक उपलब्ध गराऊनूपर्ने कुरामा सम्बन्धित निकायको ध्यान जाओस्।