पातारासी गाउँपालिकाको स्वत: प्रकाशन

-


     सुचनाको हक     
     जेठ २ गते २०८१ मा प्रकाशित


स्थानीय सरकार जति पारदर्शी हुन्छ त्यति लोकतन्त्र मजबुत बन्छ भन्ने आम मान्यता रहेको छ पछिल्लो चरण स्थानीय तह प्रति बिशेस गरि जनप्रतिनिधि हरु प्रति आम नागरिकको चरम आक्रोश रहेको छ l खुल्ला र पारदर्शिता जनप्रतिनिधि नै चाहदैनन् भन्ने आरोप अधिकांश जनप्रतिनिधिलाई लागेको छ यहि बिचमा केहि स्थानीय तह र केहि जनप्रतिनिधिहरु भने सुशासन कायम गर्न अग्रसर देखिन्छन ति राम्रा स्थानीय तह मध्ये एक मानिन्छ पातारासी गाउँपालिका l

माओबादीको जनाधार भएको अबस्थामा पनि करिब १०० मतको अन्तरले कांग्रेस बाट निर्वाचित पुर्नासिंग बोहोरा स्थानीय स्तरमा सामाजिक भाव भएको इमान्दार व्यक्तिको रुपमा स्थानीय बिच चिनिनुहुन्छ स्थानीय स्तरमा लोकबहादुर रावल लाइ र दाङ अभादुर बिष्ट लाइ समेत नागरिकको काम सके सम्म छिटो छरितो गरिदिनुपर्छ भन्ने भावना भएको कर्मचारीको रुपमा सबैले भन्ने गर्छन नहुने काम बाहेक अन्य कुनै पनि समस्या भएमा छिटो छरितो सहजीकरण गरिदिने उहाहरुको स्वाभाब रहेको कुरा स्थानीय को दिल दिमागमा रहेको छ l

हेर्नुहोस पालिकाको स्वत: प्रकाशन

स्वत-सूचना-०८१-बैशाख