पानि कम्पनीको अबैध धन्दा

- जार को पानीमा बिस्वास् गुम्दै

-


     सुचनाको हक     
     असार १६ गते २०७९ मा प्रकाशित


पोखरा सहर र राजधानी लगायत देशभर पिउने पानीको अभावको मौका छोप्दै विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पानीको स्टिकर टाँसी अस्वस्थकर खानेपानी बिक्री वितरण भइरहेको पाईएको छ । विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पिउने पानीको नक्कली स्टिकर बनाएर गुणस्तहिन पानी जार र बोटलमा भरी खुला रुपमा बिक्री वितरण गर्दै आएको भनि उजुरी समेत परेसंगै अबैधधन्दा को रहस्य बाहिर आएको छ ।

काठमाडौँको एउटा पानी उत्पादन गर्ने उद्योगले अर्कैको ब्राण्डको नाममा बजारमा पानी उपलब्ध गराउँदै आएपछि सो अबैधधन्दा गर्नेमाथी कारबाहीको माग राख्दै उजुीरि परेको छ । स्पार्लिङ्क स्प्रिकंलर वाटर प्राली नामको कम्पनीले अरु कम्पनीका ब्राण्डको नाममा बजारमा जारको पानी पठाउँदै आएको खुलेको हो ।

गत आइतबार उक्त कम्पनीले पानी वितरणमा पठाएका बा ११ च ६०४५ र बा ६ च २८०४ नम्बरका २ वटा गाडीहरुमा अरु कम्पनीका ७ वटा ब्राण्डको नामका पानीको जार भेटिएपछि कारबाहीकालागि उजुरी परेको हो । नागार्जुङ नगरपालिका वडा नम्बर ५ सितापाईलामा रहेको स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.ले बजारमा पठाएका १९७ जार पानी विभिन्न ७ वटा ब्राण्डका रहेका थिए ।

अर्कै उद्योगले लिएको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेच्ने २ जनालाई नेपाल बोटल वाटर संघका पदाधिकारीको उजुरीमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठ रहेका छन् । उनीहरु गाडीको चालक मात्रै भएको र कम्पनीका मालिक को हुन् भन्ने खुलेको छैन ।

आइतबार काठमाडौँ प्रहरीले २ वटा पानी ढुवानीका गाडी र जारसहित समातिएका २ जना चालकलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा बुझाएको थियो । विभागले आइतबारै आवश्यक पक्रिया सकेर ट्रेड मार्कको विषय उद्योग विभागको क्षेत्राधिकार भित्रको विषय भएको भन्दै उद्योग विभागमा पठाएको थियो ।

उद्योग विभागको ट्रेड मार्क शाखामा उजुरी दर्ता भएको छ । विभागले आवश्यक प्रक्रिया थालिसकेको ट्रेड मार्क शाखाका निर्देशक सुरेशराज जोशीले जानकारी दिए । स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा।ली।ले रोयल स्प्रिङ्ग मिनरल वाटर, जम्बलिङ ग्रुप इन्डष्ट्रिज, अन्नपूर्ण मिनरल वाटर, धनेश्वर थियर वाटर र डिबिङ्ग वाटर इन्टरप्राईजेन सहित अरु केही कम्पनीका ब्राण्ड दुरुपयोग गरी बजारमा पानी बेच्दै आएको थियो ।

उजुरी कर्ताहरुले आफूहरुको ब्राण्डमा गुणस्तरहीन पानी बिक्रि गरिएको भन्दै कारबाहीको माग गरेका थिए । नेपाल बोटल वाटर उद्योग संघका बरिष्ठ उपाध्यक्ष बिक्रम लिम्बुले अन्य कम्पनीको लोगो प्रयोग गरि आम उपभोक्ताहरुको स्वास्थ्यमा समेत असर पुग्ने गरी सो कम्पनीले अबैधधन्दा नै गरेको बताएका छन् । उनले सो कम्पनीले अरुको ब्राण्डको लोगो प्रयोग गरेपछि कारबाहीकालागि संघले समेत आग्रह गरेको बताए ।

सो कम्पनीले अक्वा फ्रेन्ड, रोयल स्प्रीङ मिनिरल वाटर, अक्वा त्रिदेबी, अन्नपूर्ण मिनरलवाटर प्रालि, अक्वा सेफ, धानेश्वर मिनिरल वाटर र अक्का ७७ ब्राण्डको स्टिकर टाँसी बिक्री गरेको आरोप लगाइएको छ । सो उजुरी पछि प्रहरी बृत्त कालिमाटीले अबैधरुपमा नक्कली स्टिकर टाँसी पानी बिक्री गर्न लैजादै गर्दा २ वटा गाडी समेत नियन्त्रणमा लिएको छ ।

स्पालिङ स्प्रिकंलर वाटर प्रालिको नाममा रहेका बा ११ प ६०४५ र बा ६ च २८०४ नम्बरको गाडी नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरी बृत्त कालिमाटीले जनाएको छ । निजी क्षेत्रबाट वितरण हुने खानेपानीको मूल्य, गुण र गुणस्तर तथा बितरण व्यवस्था विपरित सो कम्पनीले पानी उत्पादन गरि बिक्री गर्दै आएको आरोप समेत लागेको छ । सो कम्पनीले अहिलेसम्म विल विजक समेत नकाटी लाखौ रुपैयाँ राजश्व समेत छली गर्दै आएको पाइएको छ ।

खाद्य ऐन, २०२३ अनुसार प्रशोधित पिउने पानीको गुणस्तर निर्धारण गरेको छ भने प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ खानेपानी उद्योगी, ढुवानी व्यवसायी तथा अन्य व्यवसायीहरुले अनिवार्य पालना गर्नु पर्ने व्यवस्था गरिएको छ । त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ मा अनुचित व्यापारिक तथा व्यवसायजन्य कृयाकलाप गर्न नहुने व्यवस्था गरेको छ भने दफा १९ मा वस्तु वा सेवाको मुल्य निर्धारण सम्बन्धी व्यवस्था गरेको छ । तर सो ऐनलाई समेत लत्याउदै लामो समयदेखि अरुकै कम्पनीको स्टिकर बनाएर टाँसी बिक्री वितरण गर्दै आएको छ ।