पूर्वाधार विकास कार्यालय, रौतहटका ५ जना उपर भ्रष्टाचार मुद्दा

-


     सुचनाको हक     
     श्रावण २३ गते २०७९ मा प्रकाशित


जिल्ला सर्लाही, रामनगर गाउँपालिका, वडा नं. ६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्मको सडक स्तरोन्नति गर्ने कार्यको लागि प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट बिनियोजन भई उपभोक्ता समितिलाई जिम्मा दिएकोमा निजहरुले इस्टिमेट अनुसार सडक नबनाई सम्पूर्ण रकम निकासा गरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त सडक निर्माणमा गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियतले कार्य गर्ने देहायका व्यक्तिहरु उपर देहायबमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।

oIrm7H