आज पैयुँ गाउँपालिका वडा नं ५ को भुर्तेलथोक, देउराली मा नेकपा एमालेकी केन्द्रिय सचिब तथा गण्डकी प्रदेश इन्चार्ज पदमा अर्याल को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता पार्टि अध्यक्ष टुकलाल न्यौपानले गर्नु भएको थियो भने पैयुँ गापाको गाउँपालिकाको प्रमुखको पदमा
उम्मेदवारि दिनुभएका महेन्द्र कुमार श्रेष्ठ र वडा न. 5 को अध्यक्षमा उम्मेदवारी दिनु भएका निर्भिक नारायण भुर्तेलले आफ्ना प्रतिबद्धता तथा घोषणापत्र हरु बारे जानकारी गराउनु भएको थियो ।
प्रमुख अतिथी पद्मा अर्याल ले भासण को क्रममा स्वास्थ बिमाको कार्यक्रम अगाडि सार्ने, गरिब परिचयपत्र वितरण गर्ने , एक पालिका एक पुस्तकालय र एक वडा एक स्वास्थ्य चौकी कार्यक्रम अगाडी सार्ने र युवालाई उद्यमशील बनाउन सटिर्फिकेट धितो राखी ऋण लिने , सुरुङ मार्गका कार्यक्रम अगाडी बढाउने र चुच्चे नक्सा प्रकाशन गर्ने जस्ता कार्यक्रम एमालेले गर्दै आएको बताउनुभयो।
उहाले पैयु बिकासको संभावना बोकेको ठाउ भएको र यो सम्भाबनालाइ अगाडि बढाउनका निमित्त पैयु र वालिङ लाई जोड्दै पर्यटन बिकास गर्ने जानकारी गराउनुयो ।र चिसापानीदेखि बानीडाँडा सम्मको सडक जोड्ने कार्यलाइ Red Book मा हालिसकेको बताउनु भयो।
कार्यक्रममा बिशाल मल्ल ठकुरी ,निर्मल राणा, तेज ब. थापा, कला देवि भुर्तेल, यामकुमार भुर्तेल लगाएत अन्य पार्टीबाट एमाले मा पार्टी प्रबेश गर्नुभाको थियो । र अन्त्यमा कार्यक्रमका अध्यक्षता गर्नुभाको टुकलाल न्यौपानेले उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
वडा नं 5 को कार्यक्रमपश्चात वडा न. 4 को हातेमालोचोकमा सानो कोणसभाका को पनि आयोजना भएको थियो। उक्त कार्यक्रममा प्रदेश समितिका सचीवालय सदस्य मित्रलाल भुषाल,स्याङ्जा जिल्ला कमिटि सचिवालय सदस्य यामबहादुर कुँवर लगायतले अतिथी को आसन ग्रहण गर्नु भयेको थियो।
उक्त कार्यक्रममा पनि पद्मा अर्याल ज्यु ले गठबन्धन रहेको कठिन परिस्थितिमा यो चुनाब बिगत भन्दा चुनौती पूर्ण रहेको र यो अवस्था मा पनि जनलहर एमालेको पक्षमा रहेको हुदा नयाँ उर्जा मिलेको बताउनुभयो। गठबन्धन थुपर्दै मा कांग्रेस पार्टीका जनताले माओवादी लाई भोट नहाल्ने र दक्षिणपन्थिसंगको सहकार्यले समाजवादका सपना साकार गर्न नसकिने कुरा व्यक्त गर्नुभयो। अन्त्यमा पार्टीका निति निचार व्यक्त गर्न फेरी एकपटक आउने प्रतिबद्द्ता व्यक्त गर्दै सम्पूर्ण उम्मेबारलाई शुभकामना दिदै कार्यक्रमको समापन गर्नुभयो।