पोखरा महानगरको मेयर मा यु टर्न

- आचार्यलाइ उछिन्दै थापाले मारे बाजि

-


     सुचनाको हक     
     चैत्र १२ गते २०७८ मा प्रकाशित


देशकै ठूलो महानगर पोखरा महानगर गठबन्धन मा नेकपा समाजबादी को भागमा परेको छ । काङ्ग्रेस र माओबादिको गठबन्धन लाई पराजित गर्दै अगिल्लो चुनाब मा एमालेले मेयर उपमेयर दुबै जितेको थियो । अहिले निकै आलोचित बनेको छ महानगर आन्तरिक भ्रस्टाचार मा चुर्लुम्म डुबेको महानगरमा कति सम्म श्वेत भ्रस्टाचार छ र कति सम्म राजनैतिक संरक्षण छ भन्ने कुरा आम पोखरेलिले सहजै अनुमान लगाउन सक्छन । बर्सेन करोडौ रकम फर्जी तरिकाले हिसाब मिलान गर्दा पनि हिसाब मिलान गर्नै नसक्ने गरि भ्रस्टाचार हुने नेपालको एक मात्र महानगर हो पोखरा महानगर । भरतपुर को बिकाश देखेर महिला नेतृत्व चाहिने महशुस गर्दै एमालेको संस्थागत भ्रस्टाचार को बिकल्प पोखरेलिले खोजी रहेको बेला विभिन्न ब्यक्तिले अहिले पोखराको मेयरमा आकंक्षा देखाएका छन यी मध्य धार्मिक अभियन्ता शंकर खराल, अटेरी अभियानका अभियन्ता गणेश पौडेल अहिले सम्मको मा उत्कृष्ट ब्यक्ती को रुपमा देखापरेका छन । अन्य पाटिबाट नाम चलेका मध्य एमालेबाट रश्मि आचार्य काङ्ग्रेस बाट आनन्दराज मुल्मी पोखरा महानगरको मेयर को लागि उपयुक्त पात्र रहेको पोखरेलिले चर्चा गरिरहेको बेला यहाको मेयरमा भने कसैले नचिताएको पात्र प्रेम थापाले बाजि मार्ने भएका छन । नेपालभरका महानगर भागबन्डा मा भरतपुर र काठमान्डौ महानगर माओबादिको भागबन्डा मा परेको छ भने पोखरा महानगर समाजबादीको भागबन्डामा र अरु तिनवटा नेपाली काङ्ग्रेस को भागबन्डा मा परेको छ । पोखरा महानगरको मेयरमा धनराजको चर्चा चलिरहेको बेला उनिलाइ उछिन्दै प्रेम थापाको नाम मेयर मा अगाडि आएको छ । नब धनाड्य को रुपमा धनराज स्थापित हुँदै गएको र प्रतिस्प्रधि हरु आनन्दराज मुल्मी , रश्मि आचार्य, शंकर खराल , गणेश पौडेल हरु रहेको अबस्थामा धनराज योग्य उमेदवार हुन नसक्ने ठहर महानगर कमिटिले गरि प्रेम थापाको एक मात्र नाम सिफारिस हुने एक नेताले बताए । लायन्स मा रहदा समेत धनराजलाई नो भोट दिने परिपाटी बिकास भएको र अहिले सम्मकै ईतिहास मा नो भोट पाउनेमा उनी रहेको र चुनाब मा एमाले ले उनको सम्पतिको कमाइको कारण र श्रोत को कुरा उठाइ बिबाद बनाउन सक्ने कुरालाइ अहिले समाजबादिले बिशेष महशुस गरि रिस्क नलिने पक्षमा पुगेको बताइएको छ । गठबन्धनबाटै वडा नम्बर १७ मा वडा अध्यक्षको लागि नेपाली काङ्ग्रेस बाट श्याम प्रसाद शर्मा र माधब बराल आकांक्षी रहेको बेला समाजबादिकै भागमा १७ पनि पर्न सक्ने कुरालाइ मध्यनजर गर्दै झपिन्द्रराज रेग्मीलाई निर्बिरोध छनोट गरिएको कुरा समेत उक्त नेताले बताए झपिन्द्रराज रेग्मी स्वतन्त्र उठे पनि वडा नम्बर १७ बाट जित्ने छवि भएका पात्र हुन । यसरी भागबन्डामा काठमान्डौ महानगर माओबादिको भागमा परेको कुरा समाजबादिका पोखरा महानगरका नेताले बताइरहदा माओबादिका नेताले भने आफ्नो माग यहि अनुसार रहेको स्विकार गरेपनी काङ्ग्रेसका नेताहरुले भने काठमान्डौ महानगर सहित तीन महानगर काङ्ग्रेस को हुने भरतपुर सहित दुई महानगर माओबादी को हुने र पोखरा महानगर समाजबादी को हुने गरि छलफल चले पनि टुङ्गोमा नपुगेको बताए । यो बिषयमा चर्चामा आएका प्रेम थापालाइ तपाइको नाम त अबको मेयरमा आएछ नि भनेर सोध्दा उहाले आफू पाटिको एक सच्चा र इमान्दार कार्यकर्ता भएको कारण पाटिको हरेक निर्णय मा आफ्नो स्विकार रहने भन्दै गठबन्धन भए पनि नभए पनि पोखराको मेयर को उमेदवार को लागि तयार रहन पाटिले आफुलाइ भनेको कुरा बताउनुभयो । आनन्दराज मुल्मी , रश्मि आचार्य, शंकर खराल , गणेश पौडेल जस्ता ब्यक्तिको अगाडि तपाइले चुनाब जित्नुहोला त भन्ने जिज्ञासा मा उहाले पोखरा बनाउने आफ्नो छुट्टै भिजन रहेको जुन भिजन अहिलेको युग अनुसार रहेको र भिजनकै कारण पनि अहिलेको चुनाब आफुले जित्ने कुरा ब्यक्त गर्नुभयो ।