पहिलो केवलकारको नाम दर्ज गर्न सफल अन्नपूर्ण केबलकार सफल परिक्षण सन्चालन पस्चात फागुन ६ गते बाट सन्चालनमा आउने भएको छ । अन्नपुर्ण केवलकार पोखरा १८ सेदीबगर देखी सराङकोट सम्म रहेको छ सो को दुरी ( २.४ )दुई दशमलभ चार किलो मिटर रहेको छ। केवलकार सेदी देखी सराङकोट सम्मको समय दुरी ८ मिनेटको हुनेछ ।
केवलकारमा १८ ओटा गोण्डला (डिब्बा )रहेका छन् जस मध्ये १७ ओटा यात्रु ओसारपोसारका लागी रहने र १ ओटा सामान ओसारपोसार (कार्गो ) को लागि रहने केवलकारका
सदस्य सचिव दामोदर तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिका अनुसार नेपाली यात्रुलाई नेपाली रुपैया ६०० दोहोरो यात्राको लाग्ने छ भने विदेश यात्रुहरूको हकमा केही शुल्क थप लाग्ने छ। जस मध्ये एशियन, अमेरिकन र युरोपियन तथा अन्य पर्यटक यात्रुलाई भिन्दा भिन्दै महसुल रहने तिमिल्सनाले बताए ।
प्रत्येक डिब्बा (कारमा )आठजना यात्रुको क्षमता हुने र केवलकारमा प्रतिघण्टा पाँच सय यात्रु दुवै तर्फ आवत जावत गर्न सक्ने छन्।
आन्तरिक पर्यटक यात्रु हरुका लागि छ सय रुपैया भाडादर तोकिए पनि केबलकारमा विद्यार्थी तथा जेष्ठनागरिकलाई भने छुटको व्यवस्था
रहने केवलकार संचालक तिर्थराज त्रिपाठीले जानकारी दिए ।
केवलकार निर्माण तथा संचालनले पोखरामा नयाँ आयाम तथा पर्यटनमा टेवा पुग्ने पर्यटन व्यवसायिहरु बताउछन् ।
अब आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारबाटै मनोरम पोखराको दुष्य, सुन्दर
फेवा ताल विश्व शान्ति बौद्ध स्तुप , पुम्दीमा रहेको एसियाकै ठूलो महादेबको मुर्ती
तथा सुन्दर हरामा फेवा फाँटको दुष्य , हिमालको दुष्य अबलोकन गर्दै सराङकोट सम्मको यात्रा गर्न सहज हुने केवलकार बाट जानकारी प्राप्त भएको छ। कम्पनीले हाल करिब २५ जनालाई रोजगार दिँदै आएको छ। व्यावसायिक रूपमा केबलकार सञ्चालनमा आउँदा ८० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाउने निर्देशक त्रिपाठी बताउँछन्। केबलकारमा हाउजिङ व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको छ। अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ हुन्।