पोल्याण्ड पठाइदिने भन्दै १२ लाख ठगी गरेको आरोपमा मेनपावर सञ्चालक रविन्द्र अधिकारी पक्राउ

-


     सुचनाको हक     
     असाेज ८ गते २०८० मा प्रकाशित


पोल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख कुम्ल्याएका चितवनका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

राप्ती प्यालेसमेन्ट मेनपावरका सञ्चालक चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ६ घर भइ हाल बसुन्धरा बस्ने वर्ष ४२ का रविन्द्र अधिकारीलाई विभिन्न चार जनासंग १२ लाख रकम ठगेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार उनले प्रेम तामाङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै बाह्र लाख रुपैयाँ ठगी गरेका हुन् । 

अधिकारीलाई खोजतलास गर्ने क्रममा बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।