जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाले अनावश्यक रुपमा सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सिम्रौनगढ नगरपालिका बाराको आ.व. २०७६।०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडान/विस्तार गर्ने कार्यको लागि सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवले टिप्पणी पेश तथा सप्टवेयर खरिद कार्यको स्वीकृत गरी रु.१,९९,८९७।– भुक्तानी गरी सफ्टवेयर खरिद गरेको र सो सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको एवं गराएको देखिंदा निजहरु तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा बिगो रु.१,९९,८९७।- (एक लाख उनान्सय हजार आठ सय सन्तानब्बे रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।