प्रहरी प्रशासनभित्र मिटर ब्याजको अबैधधन्दा : पैसा नउठेपछि तिनै प्रहरीकै शक्ति प्रयोग

-


     सुचनाको हक     
     वैशाख २५ गते २०७९ मा प्रकाशित


 पछिल्लो समयमा ‘मिटर ब्याज’ को अवैधधन्दाको कारोबार सरकारी निकायको नियन्त्रण बाहिर गएको छ । कम लगानी गरेर छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिममा समेत उच्च दरमा बृद्धि हुदै गएको छ ।

सो अबैधधन्दालाई नियन्त्रण गर्न सरकारी निकायबाट नेपाल प्रहरी प्रशासनलाई नै निर्देशन दिने गरिएपनि सो धन्दामा प्रहरीहरुनै संलग्न भएकाले सो अबैधधन्दाको कारोबारले तीव्रता पाएको छ । ‘मिटर ब्याज’ को अवैद्य धन्दा रोक्ने पहिलो काम नेपाल प्रहरी प्रशासनको हो । तर केही प्रहरीका उच्च अधिकारीहरु नै ‘मिटर ब्याज’ को अवधधन्दा संग्लन भएको भन्दै पिडितहरु गृहमन्त्रालयमा समेत पुगी आफ्नो दुःख पोख्दै आएपनि कारबाही भने भएको छैन ।

प्रहरीको डीएसपीदेखि एसएसपीसम्मको पैसा ‘मिटर ब्याज’ मा लगाउदै आएको पाइएको छ । काठमाडौं–३२ कोटेश्वर स्थायी घर भई हाल ललितपुर बस्दै आएका मिटर व्याजीको नामबाट चर्चामा रहेका व्यक्ती हुन राजु अवाले । अवाले प्रहरी अधिकारीहरुको पैसा लिई विभिन्न व्यक्तीलाई ‘मिटर ब्याज’ मा लगाउदै आएका र पैसा नउठेपछि तिनै प्रहरीको शक्ति प्रयोग गरेर असुलीधन्दा चलाउदै आएको दुखेशो पीडितहरुले गरेका छन् ।

अवालेले कोटेश्वर र पाटनमा दुईवटा रेष्टुरेन्ट सञ्चालन गरि बसेका छन् । भने त्यही रेष्टुरेन्टमा बसेर ‘मिटर ब्याज’ को अबैधधन्दा चलाउदै आएको आरोप लागेको छ । अवालेले आफै र प्रहरी अधिकारीहरु प्रयोग गरेर ‘मिटर ब्याज’को पैसा अशुल्न थालेपछि पिडितहरु गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयसम्म गुनासो बोकेर पुगेपनि उनीमाथी केही कारबाही भएको छैन ।

अबैधरुपमा आर्जन गरेको पैसाको स्रोत देखाउन नसक्ने भएपछि अवालेलगायत अन्य व्यक्तीहरु मार्फत प्रहरीका उच्च अधिकारीहरुले ‘मिटर ब्याज’ मा पैसा लगानी गर्दै आएको आरोप समेत लागको छ । दरबारमार्गस्थित ग्रिन लाइन सेन्टरका मालिक अमित अग्रवाल काठमाडौं फर्किएपछि सो अबैधधन्दाको वास्तविकता उजागर हुन थालेको हो । यस घटनाले प्रहरी र मिटरब्याजीहरुको सम्बन्ध बाहिर आउन थालेको हो ।

उच्च प्रहरी अधिकारीको आडमा मिटर ब्याजको धन्दा चल्ने गरेको सो घटनाले देखाएको छ । अग्रवाल परिवारलाई चर्काे ब्याजमा पैसा लगानी गर्नेहरु उच्च प्रहरी अधिकारीका साथी रहेको बताएपनि उनीहरुमाथी सरकारी निकायबाट अनुसन्धान समेत अहिलेसम्म भएको छैन । कतिपयले प्रहरीमार्फत आफ्नो पैसा उठाउने प्रयास थालिसकेका छन् ।

रुपेश पाण्डे नाम गरेका व्यापारीले पनि प्रहरीको पैसालाई मिटरव्याजमा लगाउने काम गर्दै आएको आरोप लागेको छ । पाण्डेले दरबारमार्गमा पसल चलाउदै आएका छन् । मिटरब्याज लगायतकै कामबाट उनले यस्तो आर्थिक प्रगति गरेको स्रोतको दाबी रहेको छ । उनको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकारीहरुको पैसालाई मिटरव्याजमा लगाउने गरेका छन् ।

मिटरब्याजमा फसेको पैसा उठाउन पनि पाण्डेले तिनै प्रहरी अधिकारीलाई प्रयोग गर्दै आएको आरोप समेत लागेको छ । अवाले र पाण्डे जस्तै अन्य धेरै व्यक्तिहरु यस्तो धन्दामा सकृय रहेका छन् । जसलाई प्रहरी अधिकारीहरुको साथ छ रहेको छ । केही वर्षअघिसम्म काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ प्रहरीका मिटरब्याजीका रुपमा कुख्यात थिए ।

उनको सञ्जाल कमजोर भएपछि अहिले नयाँ समूहहरु सक्रिय भएको हो । अबैध रुपमा आर्जन गरेको रकमलाई नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक ऐनलाई समेत लत्याउदै सरकारी कर्मचारीदेखि प्रहरीसम्मले मिटर व्याजमा रकम लगाएर सरकारलाई नै चुनौती दिदै आएका छन् ।

वर्षाैदेखि मिटरब्याजको धन्दा चलाउदै करोडपति भएका गणेश उप्रेती अर्का अबैधधन्दा गर्ने व्यक्ती हुन । गणेश उप्रेतीले १ करोड ऋण दिएमा दिनको १ लाख रुपैयाँ ब्याज असुली गर्ने गरेको पाइएको छ । उप्रेतीले धम्क्याएर पैसा असुल्ने गरेको उजुरीका आधारमा उनीविरुद्ध अपराधिक लाभ मुद्दा आकर्षित भएको प्रहरीले जनाएको छ ।

मिटर व्याजी उप्रेती गाडी रिकन्डिसन हाउस चलाएको र सोही हाउसको आवरणमा लुकेर सो अबैध धन्दा गर्दै आएका व्यक्ती हुन । उप्रेतीले रकम उठानकालागि धम्की दिदै बाहिर हिँडडुल, घुमफिर गर्न बन्देज समेत लगाए आपराधिक गिरोह समेतको प्रयोग गरि ज्यान मारिदिने भन्दै धम्की दिएर धितो पचाउदै आएका व्यक्ती हुन ।

घरायसी र व्यवसायीक समस्यामा परेकाहरूलाई ऋण दिएर ठुलो परिणामको चेकमा हस्ताक्षर गर्न लगाउने र गुन्डाहरू लगाएर असुल्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । चेक नसाटिएपछि गुन्डा लगाएर मार्ने धम्की दिएको उनीहरुको दाबी छ । नेपालमा मिटर ब्याज पुरानै धन्दाका रुपमा रहेको अबैध कार्य होे । समाजमा यो धन्दा डरलाग्दो रुपमा भित्रभित्रै बढेको प्रहरी अधिकारीहरु बताउँछन् ।

विदेश जानेदेखि जुवा खेल्नसमेत मिटर ब्याजमा लगानी हुदै आएको छ । क्यासिनोमा नेपालीको प्रवेश खुल्ला हुँदा मिटर ब्याजीहरु अत्याधिक रुपमा सक्रिय रहेक थिए । त्यस समय बलराम सापकोटा, महेशबहादुर सिंह, वीरेन्द्र श्रेष्ठलगायतले खुलेआम रुपमा मिटर ब्याजमा पैसा लगानी गरेका थिए ।

उनीहरु सबैलाई प्रहरीले साथ दिएको थियो । उनीहरुको साथमा र घरमा गरि ७ वटा बन्दुक रहेको थियो । त्यही बन्दुक देखाएर धम्काई ब्याज असुल्ने कार्य गर्दै आएको आरोप लागेको थियो । दुई वर्षअघि तराईका जिल्लामा मिटर ब्याजी अर्थात् साहुकरहरुको शोषण रहेको थियो ।

रामबाबु राय यादव श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवार, सञ्जयप्रसाद रौनियार लगायतलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि उनीहरुको अबैधधन्दाको रह¥य खुलेको हो ।यसैगरी, मिटर व्याजीको अबैधधन्दामा देशभर रहेका सहकारी संस्थाहरु समेत रहेको भेटिएको छ । यसरी मिटर व्याजीका रुपमा ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारी नामक संस्थाले समेत अग्रपक्तिमा रहेको भेटिएको छ ।

सो संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ, उनको श्रीमती जेनी श्रेष्ठ, भान्जा रमण श्रेष्ठको विशेष योजनामा बचतकर्ताको ७९ करोड ८९ लाख रुपैयाँ हिनामिनामा गरि सो रकम मिटर ब्याजीमा लगाएको प्रहरीको अनुसन्धानबाट खलेको छ । प्रहरीको संरक्षण नहुने हो भने धेरै मिटरब्याजीहरुको धन्दा रोकिन्छ तर सो कार्यमा प्रहरीनै संलग्न भएकाले मिटर व्याजी धन्दाले उग्ररुप लिन पुगेको आरोप समेत लागेको छ । प्रहरीले ऋणीसंग जवरजस्ती चेक काट्न लगाएर डवलमा चेक बनाउन लागउने र सो चेक अरुकै नाममा कटाउन लगाउदै बर्दिधारी प्रहरीबाट धरपकट समेत गर्ने गराउने गरेको गुनासो पीडितहरुको रहेको छ ।

प्रहरीले टो्ले गुण्डाहरुको नाममा चेक काट्न लगाएर मिटरव्याजमा पैसा असुली गर्न दवाव दिने गरेको आरोप पीडित पक्षको रहेको छ । पटकपटक म्यासेन्जरमा फोन गरी बालवाला उच्च प्रहरीका अधिकृतबाट धम्की दिदै पसल वा घरमै पैसा असुली गर्न भन्दै अपरिचत व्यक्ती खटाउने समेत गरेको गुनासो पीडित पक्षको रहेको छ ।