बिल विजक भन्दा बढी खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका सामानहरू बोकेको ट्रक बिरगञ्जबाट काठमाण्डौ तर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले २०७९ माघ ०९ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२६ चण्डालचोक स्थित सडकखण्डबाट बरामद गरेकाे छ ।
मधेश प्रदेश, प्रहरी कार्यालयका अनुसार, BR05G 9491 नम्बरको पिकअप, ना.५ ख ३८४७ नम्बरको मालवाहक ट्रक र ऐ. वडा नं.१० आदर्शनगर स्थित सडकखण्डबाट बा.प्र.०३-००१ ख १२६४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा K ईन्टरप्राइजेज ट्रान्सपोर्ट, BS International ट्रान्सपोर्टबाट पठाईएको ट्रकमा विल बिजक शंकास्पद देखिएको अवस्थामा चेकजाँच गरिएकाे थियाे ।
चेकजाँच र छानविनका क्रममा अवैध सामानहरू फेला परेपछि उक्त ट्रकहरू तथा पिकअप नियन्त्रणमा लिई जाँच गर्दा रू.२,१२,९२,४५२/- (दुई करोड बाह्र लाख बयान्वे हजार चार सय बाउन्न) बराबरको खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरु फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९ माघ १० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको मधेश प्रदेश, प्रहरी कार्यालयले जानकारी दिएकाे छ । ।