दिपसागर पौडेल पर्बत चैत /२
स्थानीय तह निर्वाचनको सरगर्मी बढे सँगै कुश्मा नगरपालिका ७ मा “घर घर जाउ काङ्ग्रेस जिताऔ” अभियान जनता समक्ष उनीहरुको समस्याका बिसयमा घर दैलो अभियान सुरु गर्ने भएको छ । नेपाली काङ्ग्रेस कुस्मा नगरपालीका ७ मा काङ्ग्रेसको अग्रता निकै अगाडि भएता पनि गएको स्थानीय निर्वाचनमा कुस्मा नगरपालिका ७ काङ्ग्रेसको पराजित भएपछि नेपाली काङ्ग्रेस पर्बतले यो अभियान सुरु गर्न लागेको नेपाली काङ्ग्रेसका क्षेत्रीय कका सचीव केशब प्रसाद उपाध्यले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पर्बतका उपसभापति डा चुडामणिा शर्माले सम्बोधन गर्दै आगामी निर्वाचनमा पर्बतका ७ वटै स्थानीय तहमा काङ्ग्रेस को जित सुनिश्चित हुने जिकिर गर्नुभयो । केन्द्रिय कार्य समिति काङ्ग्रेसबाटै प्रेस नोट बनिसकेको र स्थानीय स्तरमा कसरी जनताको मन जितेर अगाडि बढ्न सकिन्छ भन्ने उद्देश्यका साथमा अबधारणा बनिसकेको शर्माले स्पष्ट पार्नु भयो । नेपाली काङ्ग्रेसलाई कसरी बलियो बनाउने र जिल्लामै पहिलो पार्टीको रूपमा कसरी स्थापित गर्न सकिन्छ भन्ने उद्देश्यका साथ नेपाली काङ्ग्रेस नगर सचीव उत्तम ढकालले परिपत्र तयार पारी सबै सामु प्रस्तुत गर्नुभएको थियोे उक्त कार्यक्रमका सभापति तथा नेपाली काङ्ग्रेस वडा ७ सभापति खेमनाथ शर्माले नेपाली
काङ्ग्रेसले अघि सारेको बिधान र निति नियम अनुसार अबका कार्यक्रमहरु सहज हिसाबले अगाडि लैजान सबैलाई निर्देशन दिनुभएको छ शर्माले बोल्दै बिगतका गल्ती र अन्तरघातहरुमा भएका त्रुटिहरुलाइ सच्चाएर अगाडि बड्नु पर्नेमा जोड दिदै अब आउने चुनावमा नेपाली काङ्ग्रेस पहिलो पाटी बन्ने धारणा व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेस कुश्मा नगरपालिका ७ ले आगामी निर्वाचनका लागि आउदो चैत ७ गते देखि रोहोटे टोलबाट घर दैलो अभियान सुरु गर्ने कार्यक्रम अगाडि बढाएको छ कार्यक्रममा क्षेत्रीय प्रदेश प्रतिनिधि सागर गिरि , परसुराम पुरी , कृष्ण प्रसाद शर्मा , झलक प्रसाद पोख्रेल र उमा कुमाल त्यस्तै नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष गोबिन्द प्रसाद पोख्रेल, नेबि संघ कुस्मा नगर सभापति अजय पौडेल, नेपाल महिला संघकी ७ सभापति मिठु शर्मा , तरुण दल कुश्मा ७ का अध्यक्ष गोबिन्द पौडेल, टोल सभापति हर्कबहादुर जिसि , बिष्णु राज पुरी , र कृष्ण प्रसाद आचार्य लगायतले आफ्नो धारणा राख्नुभएको थियोे । कार्यक्रम सञ्चालन सचीव बालकृष्ण शर्माले गर्नु भएको थियोे