अहिले लाइसेन्स को रेट बढेको छ मोटरसाइकल को २५ हजार छ भने गाडिको ५० हजार छ । यति रकम दिएपछी लाइसेन्सको लागि ट्र्याल मा गए मात्र हुन्छ । बिना ट्र्याल को चाहिँ रिस्क मान्न शुरु भएको छ । नेपालमै रहेका हरुको लागि १ लाख र बिदेश मा रहेका हरुकोम्लागी देश हेरेर ३ लाख भन्दा माथि नेपाली लाइसेन्स को रेट रहेको छ । यहि बिचमा पुरानो मुद्दामा केहिलाइ कारबाही भएको छ ।यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र यातायत व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की गण्डकी प्रदेश, पोखराबाट मिति २०७५ मंसिर, २०७६ साल कार्तिक र मंसिरमा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यातायत व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, गण्डकी , पोखरामा मिति २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामध्येबाट विभिन्न मितिमा संचालन भएको विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरुलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरवदल गर्ने कार्यमा संलग्न तत्कालीन समयमा यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की, गण्डकी प्रदेश, पोखरामा कार्यरत निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल, हाल भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय, कास्की गण्डकी प्रदेश पोखराका शाखा अधिकृत तथा तत्कालीन समयमा यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की, गण्डकी प्रदेश पोखरामा कार्यरत शाखा अधिकृत हरिप्रसाद गौतम, तत्कालीन समयमा यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की गण्डकी प्रदेश, पोखरामा कार्यरत अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेम प्रसाद श्रेष्ठ, अधिकृतस्तर छैठौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालसमेतले मिति २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको विभिन्न मितिमा लिएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका परीक्षार्थीहरुमध्ये १६६ जना परीक्षार्थीहरुको Electronic Driving Licence Vehicle Register System मा Result Update तथा Result Approve गर्ने क्रममा पास गरे गराएको तथा २ जना प्रयोगात्मक परीक्षामा पास भएका परीक्षार्थीहरुलाई Result Update गर्दा फेल गरी गराई जम्मा १६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको साथै प्रयोगात्मक (ट्रायल) परीक्षामा खटिने निरीक्षकहरुले हस्ताक्षरसहित पेश गरेको नतिजा सूची (चेक लिष्ट)Trial Test Schedule Report उपलब्ध गराई सोही नतिजाको आधारमा Trial Test Update र Approve हुनुपर्नेमा सो विपरीत हुनेगरी फेल तथा अनुपस्थित रहेका परीक्षार्थीहरुलाई पास र पास भएका परीक्षार्थीहरु फेल गरी गराई परीक्षाको परिणाम फेरबदल गर्दासमेत निज निमित्त कार्यालय प्रमुखसमेतले संलग्न कर्मचारीहरुलाई कुनै प्रकारको विभागीय कारवाही गरेको नदेखिएको हुँदा निजहरु निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल र हरिप्रसाद गौतमसमेत, भरतराज काफ्ले, प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बरालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले सोही दफा बमोजिमको अधिकतम सजायको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।