पोखरा महानगर पालिका १८ रातामाटे डौडॉ पर्यटकिय दुष्टिकोण ले प्रख्यात छ | रातामाटे को सडक घुम्ती किनारमा सधैजसो चनाचटपट, पानीपुरी र पानीको व्यापार फस्टाउँदै गएको छ । बिहान ९ तिर बजे आफ्नो घरको काम सकेर आवश्यक तयारी गरी देऊमायाँ , दिलकुमारी र मनकुमारी तिन महिला हरु फेवा किनारमा चनाचट्पटे व्यापार गर्छन् । विगत चार बर्ष देखी उत्त स्थानमा देऊमायाँ चना चटपटे व्यापार गर्छिन् ।
पोखरा १८- सेदीबगरमा आफ्नो डेरा रहेको र परिवारमा ३ छोरी १ छोरा रहेको उनी बताउछिन । उनी भन्छिन् श्रीमान विदेशमा परिश्रम गर्नु हुन्छ । म पनि उहाँलाई सहयोग गर्ने हेतुले यसरी व्यापारमा लागेकी हुँ । यस भन्दा पहिले बसिरहने र घरमा बसिरहदा विभिन्न राम्रा नराम्रा कुरा मनमा खेल्ने गर्दथे भन्छिन् । चनाचटपटे व्यापारले घरखर्च चलने देउमायाँको भनाई छ ।
त्यस्तै अर्की व्यापारी दिलकुमारी पनि सोही स्थानमा चनाचटपटे व्यापार गर्छिन् ।
उनी यसरी व्यापार गर्न थालेको १ वर्ष जती भएको बताईन् । व्यापार गर्न भन्दा पहिले उनी ज्याला मजदुरी गर्ने गरेको बताउछिन् । श्रीमान भारतमा काम गर्नुहुन्छ उहाँको राम्रो कमाई छैन मैले पनि केही गरे भने त उहाँलाई सहयोग होला भन्ने सोच विचारले यसरी चना चटपटे व्यापार थालेकी हुँ उनी बताउ छिन्।
हामीले यहाँ हजुरहरुले व्यापार गर्दा सरकार र नगर प्रहरीले केही भनेको छ कि छैनन भनि प्रश्न गर्दा ।
उनीहरु बताउछन अहिले सम्म कहीकतै बाट कुरा नआएको र भविष्यमा पनि नआओस भन्ने आश गर्दै छन् । शौचालयको कमि भएकाले साह्रै दुःख भएको उनीहरु बताउछन् । । सरकारले उचित व्यवस्थापन गर्दिने हो भने दिन दुखी हरुको पनि राम्रो दिन आउने देखिन्छ । घरमा बसि रहन भन्दा आफ्नो परिश्रम गरिखानु राम्रो भएको उनीहरुको बुझाई छ ।