बन्दिपुरमा सुचनाकाे हक सम्बन्धि अन्तरकृया

-


     सुचनाको हक     
     माघ २० गते २०८० मा प्रकाशित


तनहुँको पर्यटकीय नगरी बन्दिपुर गाउँपालिकामा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

राष्ट्रिय सुचना आयोगको आयोजनामा भएको कार्यक्रममा सुचनाकाे हक, सुशासनका लागि यस्काे महत्व र प्रकृयाका बारेमा छलफल भएकाे थियाे ।

गाउँपालिका भित्रका जनप्रतिनिधि , बिद्यालयका सूचना अधिकारी, संघ/संस्थाका प्रतिनिधिहरु, संचारकर्मी लगायतको उल्लेख्य सहभागितामा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष श्री सुरेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता सूचना आयुक्त रत्नप्रसाद मैनालीले गर्नु भएको थियो भने अतिथिका रुपमा गाउँपालिका भित्रका वडा अध्यक्षज्युहरु लगायत गाउँपालिकाका नि.प्रमुख प्रमुख प्रशासकीय अधिकृत श्री बिष्णु खत्री क्षेत्री रहनु भएको थियो । आयोगका सूचना आयुक्त श्री रत्नप्रसाद मैनाली र आयोगका सचिब होम प्रसाद लुईटेलले सूचनाको हकका बिषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उपसचिव शुदर्शन ढकालले स्वागत मन्तब्य सहित कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने उक्त कार्यक्रमलाई आयोगका शाखा अधिकृत हरिहर कार्कीले सञ्चालन गर्नु भएको थियो । आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका अध्यक्ष सुरेन्द्र थापा, आयोगका सचिब तथा कार्यालयका कर्मचारीहरु, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खत्री, बन्दिपुर गाउँपालिकाका कार्यपालिका सदस्यहरु, सरोकारवालाहरु, गाउँपालिकाको कार्यालयका कर्मचारीहरु लगाएत करीब ७५ जनाको सहभागिता रहेको थियो । बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले सुचनाको हकको पालिकाले सदैव सम्मान गर्ने भन्दै ससचनाकाे पहुँच बढी भन्दा बढी जनता माझ लैजानका लागि प्रतेक वडामा समेत यस्ता कार्यक्रम गर्न सुचना आयाेग सँग सहकार्य गर्न पालिका तयार रहेकाे बताउनु भयाे । साथै उहाँले गाउँपालिका निर्णयहरु, हरेक सुचनाहरु वेवसाईट मार्फत सार्वजानिक गरिएको जानकारी दिनुभयाे ।