बिजया सिमेन्टले मेयरको हस्ताक्षर किर्ते गरेको र पालिकाको छाप नै नक्कली बनाएको आरोप

-


     सुचनाको हक     
     चैत्र ८ गते २०८० मा प्रकाशित


अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ सान्डेवामा चुनढुङ्गा उत्खन्नको  अनुमती  सहितको पत्र  खानी बिभागलाइ दिनेलाइ कार्बाहिको दायरामा ल्याउने भुमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले बताउनु भएको छ ।   

पत्रकार सम्मेलनमा बोल्दै थापाले आफुलाइ गलत देखाउन जो सुकैले यो गलत कार्य गरेको भए पनि त्यसलाई  कानुनी दायरामा ल्याउने बताउनु भयो । 

चुनढुङ्गा उत्खननमा पुग्नको लागि बाटो खन्ने काम सुरु भइ सकेको र नगरपालिका बेखबर रहेको भन्दै स्थानियहरुले नगर प्रमुखलाइ जानकारी दिएको केही समयमै बाटो खन्ने कार्य बन्द भएको भए पनि फेरि खन्न सुरु भएको भन्ने थाहा पाएपछी थापाले  प्रहरी लगाएर रोक्न लगाइएको बताउनु भएको छ ।

उक्त स्थानमा चुनढुङ्गाको  उत्खनन गर्नै  नहुने भनी कार्यपालिका बैठकले निर्णय गर्दा पनि उत्खनन हुने स्थान सम्मको लागि बाटो खन्ने कार्य गर्नु कानुन र नितिलाइ नटेरेको ठहरिने भन्दै उहाले आफू कुनै पनि हालतमा उत्खनन गर्न दिने पक्षमा नभएको बताउनु भयो । 

उता भुमिकास्थान नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष खेमराज चुदालिले पनि खानेपानीलाइ असर गर्ने भए उत्खनन् गर्न नहुने बताउनु भएको छ । तर खानेपानीलाइ समस्या हुदैन भने  उत्खनन् गर्ने कार्यको आफू बिरोधि नभएको बताउनु भयो । स्थानीयको व्यक्तिगत जग्गा हो कानुन अनुसार मिल्छ र खानेपानी लाइ असर गर्दैन भने आफ्नो बिरोध नरहेको तर खानेपानी मुहानलाई असर गर्छ भने उत्खनन हुने नहुने वडा अध्यक्ष को भनाइ रहेको छ

उक्त् स्थानमा उत्खनन् गर्दा भुमिकास्थानको ६,७,८,९ वडाका  बासिन्दालाइ खानेपानीको समस्या निम्तने र नजिकै बस्ती भएका कारण ध्वनी ,वायु र पर्यावरणमा असर हुने भन्दै केहि स्थानियाहरुको बिरोध हुँदै आएको  छ ।

यसैबिच चुनढुङ्गा उत्खननको लागि आफुहरुले आर्थिक अभाब पुर्ती गर्न र रोजगारी पाउने आश्वासन पाएकोले आफ्नो जग्गामा उत्खननको अनुमती दिएको जग्गा उपलब्ध गराएका स्थानियले बताएका छन ।

भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले आफ्नो कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर चोरी गरेर चुनढुङ्गाको उत्खनन् अनुमती लिइएको आरोप लगाएका छन्। यो बिषयमा किन तपाइले मेयरको हस्ताक्षर किर्ते गर्नुभयो भनेर सोध्दा बिजया सिमेन्टका प्रतिनिधि नवाफ अलि खान भने यो छानबिन को बिषय भएकोले हाल आफु केहि नबोल्ने बताउनुहुन्छ

भूमिकास्थान नगरपालिका ९, पातलेखोलामा रहेको चुनढुङ्गा उत्खनन्को अनुमती–पत्र किर्ते रहेको भन्दै मेयर थापाले कार्यालयबाट लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको आरोप लगाएका हुन्। ‘नगरले कसैलाई अनुमती पत्र दिएको छैन, ‘उनले भने, ‘किर्ते गरेर खानी विभागबाट अनुमती लिईएको छ।’

नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर थापाले यो आफु र नगरमाथि षड्यन्त्र भएको बताएका छन्। मेयर थापाले यसको कानुनी पाटोमा जाने स्पष्ट पारेका छन्। यो गम्भीर अपराध भएको उनको भनाइ छ।

कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्स प्रालीले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खनन्को अनुमती–पत्र पाएको थियो। पटक–पटक प्रारम्भिक वातावरणीय परिक्षण (आईइइ) गरेको कम्पनीले २०७९ पौष ७ गते भुमिकास्थान ९ का वडाध्यक्ष खेमराज चुँदालीको अध्यक्षतामा प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो। जसमा त्यहाँका ११४ जना व्यक्तीको उपस्थिती रहेको माईन्युटमा देखिन्छ।

त्यसको भोलि पल्ट नै पौष ८ गते वडा कार्यालयले काम गर्न मिल्ने गरी आशय पत्र दिएको थियो। नगरपालिकाको कार्यालयले यही २०८० मंसिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ। तर, नगरप्रमुखले यसलाई किर्ते भएको अभिव्यक्ती दिएका छन्।

मंसिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगरप्रमुख थापाको हस्ताक्षर सहितको पत्र विभागलाई गएको छ। खानी तथा भूगर्भ विभागलाई नगरले सिफारिश गरी पठाएको पत्रमा दर्ता/चलानी नं. ५८५ छ। यता नगरपालिकाको दर्ता/चलानी किताबमा ५८५ नम्बरमा संघिय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पठाएको पत्र छ।

आफुहरुले खानी उत्खनन् गर्न अनुमती दिनेगरी पत्र नपठाएको मेयरको भनाइ छ। २०७९ भदौ महिनाको १७ गते र असौज महिनाको १४ गते नगर कार्यपालिका बैठकले चुनढुङ्गा उत्खनन् गर्न नदिने निर्णय गरेको देखिन्छ। तर उक्त निर्णयमा तिन जना प्रतिनिधीले मात्र हस्ताक्षर गरेका छन्। त्यसयता चुनढुंङ्गा सम्बन्धी कुनै निर्णय नगरपालिकाले गरेको छैन।

कार्यपालिकामा समेत यस विषयमा एकरुपता आउन सकेको छैन। बहुमत सदस्यले भएका निर्णयहरुमा हस्ताक्षर गरेका छैनन्। खानी खुलाउने वा नखुलाउने विषयमा कार्यपालिकामा कुनै गम्भिर छलफल नभएको एक कार्यपालिका सदस्यले बताए। विविध शिर्षकमा खानी सम्बन्धी कुराहरु उठेको भएपनि कुनै निर्णय नभएको उनको भनाइ छ। ‘विविध शिर्षकमा कुरा उठेका थिए’, उनले भने, ‘यसमा कुनै निर्णय भएको छैन,कस्ले कसरी निर्णय ग¥यो हामीलाई थाहा छैन।’ खानी खोल्दा नगरलाई आन्तरिक आय हुनेगरी सम्झौता गर्नुपर्ने कतिपयको राय छ भने वातावरणीय पक्षको ख्याल राख्नुपर्ने मत पनि छ।

चुनढुंङ्गाको विषयले बादविवाद भईरहँदा नगर प्रमुखको अभिव्यक्तीले माहोल तातेको छ। उनको यो अभिव्यक्तीले स्थानिय तह माथी समेत प्रश्न उठेको छ। नगरको लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको भन्ने नगर प्रमुखको अभिव्यक्तीले नगरपालिका कार्यालयको सुरक्षा माथी गम्भिर चुनौती देखिएको छ।

उनको यो अभिव्यक्तीले उनलाई नै गिज्याएको स्थानिय बताउछन । नगर भित्रका संवेदनशिल कुराहरु चोरी हुनुले नगरप्रमुख माथी नै प्रश्न खडा गरेको स्थानीयको भनाइ छ। ‘नगरबाट के के चोरी हुन्छ ? यसको जिम्मा कसले लिने हो?,उनले भने,‘प्रमुख ज्यु को यो भनाइले उहाँलाई नै गिज्याएको छ।’

नगर प्रमुखको भनाईलाई सत्य मान्ने हो भने उप प्रमुख, कार्यपालिका सदस्यहरु र त्यहाँ कार्यरत कर्मचारी माथी औंला तेर्सिएको छ। कार्यालय भित्रै पहुँच राख्ने व्यक्तीले किर्ते गर्न सहयोग गरेको हुनसक्ने अनुमान गरिएको छ। यसको सबै वास्तविकता माथी छानबिन भईरहेको छ ।

खानी तथा भूगर्भ विभाग, खानी अनुमती तथा प्रशासन शाखा (च.नं ९६) ले २०७९ साउन ८ गते वडा नम्बर ९ को सान्डेभा (पातलेखोलामा) चुनढुंङ्गा खोजतलास अनुमती क्षेत्र सिमित गरिएको पत्र पठाएपछी उत्पन्न विवाद अझै सेलाउन सकेको छैन। नगरले सुरक्षित राख्नुपर्ने लेटरप्याड, छाप र हस्ताक्षर कसरी बाहिरियो भन्ने विषयले यतिबेला सञ्जालमा अनेकथरी टिप्पणी भईरहेका छन्।

नगर प्रमुख थापाले आफुले नगरबासीको मर्म भाबना विपरीत काम नगर्ने उदेश्यले पटक पटक भएका कार्यपालिकाको सहमतिलाई कार्यान्वयन गदै नगरपालिकालाई आर्थिक पर्यटकीय रुपमा समृद्धि बनाउनको लागि निरन्तर लागि परेको बताउदै आफुलाई र सिङ्गो नगरपालिकालाई बदनाम गर्ने गरी केही तत्व लागेकोले त्यसलाई निरुत्साहित गर्न कानुनी उपचार खोज्ने बताउदै नगरपालिकाले वडा न ९ को सान्डेभामा रहेको चुनढुङ्गालाई सदाका लागि बन्द गरी पर्यटकीय केन्द्र बनाउने बताउदै २०८० मंसिर ५ गते चन नं ५८५ को पत्र सामाजिक सञ्जालमा आएको सिफारिस पत्र बिजया सिमेन्ट प्रा.लिले खानी विभागलाई नभई संघिय खानेपानी तथा ढल व्यबस्थापनलाई नगरपालिकाले गरेको त्यो सिफारिस किर्ते रहेको बताए ।

२०७९ भदौ १७ गतेको बैठकले मिति २०७९ असोज १४ गते बैठकले उक्त चुनढुङ्गा खानी सदाका लागि बन्द गर्ने निर्णय गरेको थियो भुमिकास्थान नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष खेमराज चुदालीले पनि खानेपानीलाइ असर गर्ने भए उत्खनन् गर्न नहुने बताउदै आफुले स्थानीय जनताको माग बमोजिम सिफारिस पत्रमा हस्ताक्षर गरेको बताएका थिए । उक्त स्थानमा उत्खनन् गर्दा भुमिकास्थानको ६, ७, ८, ९ वडाका बासिन्दालाइ खानेपानीको समस्या निम्तने र नजिकै बस्ती भएका कारण ध्वनी, वायु र पर्यावरणमा असर हुने भन्दै बिरोध हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालयले आबश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाची लाइ पत्र लेखे पनि किर्ते हस्ताक्षर र नक्कली छाप सम्बन्धि कानुनि प्रकिया अगाडी बढेको छैन

प्रहरी निरीक्षक जितेन्द्र रावतका अनुसार किर्ते बिषय मा उजुरी नपरेको हुँदा प्रहरीले छानबिन गरेको छैन र आधिकारिक रुपमा मेयर बाट र पालिका बाट कुनै उजुरी परेको छैन