बिल मिलाई दुई करोड त्रिसठ्ठी लाख भन्दा बढी ठगी गर्ने ३ जना पूर्व कर्मचारी पक्राउ !

-


     सुचनाको हक     
     जेठ २४ गते २०८० मा प्रकाशित


नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा बिलिङ सेक्सनमा काम गर्ने केही कर्मचारीहरूले  अस्पतालमा प्रयोग हुँदैं आएको Sukraa नामको HMIS Software को दुरुपयोग गरी बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्क भन्दा कम शुल्क अस्पतालकाे Software मा Entry गरी/देखाई रु.२,६३,५५,००१/- (दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैंया) लिई खाई ठगी गरेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेकाे छ ।


 प्रहरी परिसर  ललितपुरका अनुसार, अस्पताललाई घाटा पुर्याएको भन्ने  नेपाल मेडिसिटी अस्पतालको तर्फवाट उजुरी पर्न आएकोले अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न जिल्ला दोलखा भिमेश्वर न.पा.वडा नं.४ घर भई भक्तपुर ठिमी वस्ने विगतमा अस्पतालमा Executive IP Billing को रुपमा कार्यरत वर्ष ३४ को राघव सापकोटा, ललितपुर जिल्ला गोदावरी न.पा.वडा नं. ११ चापागाउँ वस्ने वर्ष २९ को सनम देशार र काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.४ वालुवाटार वस्ने वर्ष ३४ को आशिष अर्याल समेत ३ जनालाई पक्राउ परेका हुन् ।


 ठगी धन्दामा पक्राउ परेका निजहरूलाई अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्वन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट  ५ (पाँच) दिन को म्यादथप अनुमति लिई अनुसन्धान कार्य भईरहेको  प्रहरी परिसर  ललितपुरले जानकारी दिएकाे छ ।