अब बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रदेश र शाखा कार्यालयहरुमा पनि सूचना अधिकारी तोक्नु पर्ने भएको छ । राष्ट्र बैंकले एकिकृत निर्देशन परिमार्जनमार्फत उक्त व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि सूचना अधिकारी तोक्नुपर्नेछ र कानून बमोजिम माग गरिएको सूचनाको अभिलेख राख्न पनि राष्ट्र बैंकले भनेको छ ।
‘इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि आफ्नो प्रदेश कार्यालय र शाखा कार्यालयहरुमा समेत सूचना अधिकारी तोक्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।
यसरी कानून बमोजिम प्रदेश कार्यालय र शाखा कार्यालयहरुबाट माग गरिएको सूचनाको अभिलेख राख्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ । यस्तो सूचना प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ ।
हेर्नुहोस सर्कुलर
Circular-5-ABCFinal-V1-publish