बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

-


     सुचनाको हक     
     श्रावण १० गते २०७९ मा प्रकाशित


Modern metal handcuffs. Vector illustration in flat style

प्रहरीले काठमाडौंबाट बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

कास्की पोखरा महानगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्दै आएकी निशा गुरूङलाई पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

उनका अनुसार गुरूङले पीडितलाई कुमारी बैंक लिमिटेडको चेक काटेर दिएकी थिइन्। वैशाख १३ गते उच्च अदालत पाटनले गुरूङलाई बैकिङ कसुर मुद्दामा पाँच दिन कैद र २३ लाख १४ हजार २५० रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। 

मंगलबार प्रहरीले गुरूङलाई टोखाबाट पक्राउ गरेको हो। 

गुरूङलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाइएको छ।