भिन्तुना युवा क्लवले गर्यो पालिखेचोकको फाल्चा निर्माणको काम रोक्न माग

-


     सुचनाको हक     
     असार २ गते २०७९ मा प्रकाशित


भिन्तुना युवा क्लवले पोखरा ले पालिखेचोकमा फाल्चा निर्माण कार्य रोक्न माग गरेको छ । पोखरा महागनरपालिका–३ स्थित पालिखेचोकमा फाल्चा निर्माण रोक्न क्लवले माग गरेको हो । वडा कार्यालयमार्फत नगरपालिकाले वजेट विनियोजन गरेर निर्माण गर्न लागेको विषयमा क्लबका पदाधिकारीहरुको बैठक बसेर महानगरपालिकालाई निर्माण रोक्न  पत्र समेत पठाएको छ ।

उक्त स्थानमा फाल्चा निर्माण गर्दा भविष्यमा तेर्सापट्टीको समग्र विकासमा वाधा पुग्ने भएकोले हाललाई निर्माण रोक्न माग गरेको क्लवका अध्यक्ष राजन श्रेष्ठले बताए ।

सम्बन्धीत निकाय तथा सरोकारवालाहरुलाई सो फाल्चा निर्माण रोक्नुपर्ने आशयसहितको आधिकारीक पत्राचार गरिने जनाईएको छ ।
भिन्तुना युवा क्लव र सरस्वती मन्दिर संरक्षण समितिको महानगरलाई निर्माण कार्य रोक्न भनेका हुन् ।

यस्तै उक्त स्थानको चक्लाबन्दीको लागि नगरपालिकाले घरवालाहरुलाई मुआव्जा दिएको सम्बन्धमा जे उदेश्यका साथ घर भत्काईएको हो सो उदेश्य सहितको कार्यक्रम गर्न दवाव दिने निर्णय गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष मनोज शिल्पकारले बताए । उक्त ठाउँमा नेवाः बजारको छब्बिस कुरियाको पहिचानसहितको बोर्ड राख्ने स्थानीयले निर्णय गरेका छन् ।