भ्रष्टाचार मुद्धामा दोषी ठहर भए कांग्रेस नेता सिंह

-


     सुचनाको हक     
     फागुन १६ गते २०८० मा प्रकाशित


नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचारी ठहर भएका छन । सिंहलाई सर्वाेच्च अदालतल् भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सिंहलाई दोषी ठहर गरेको हो । मंगलबार जारी गरिएको फैसलामा सिंहलाई दोषी ठहर गरिए पनि कैद र जरिवानाको सजाय भने खुल्न बाँकी रहेको छ ।

सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका प्रभावशाली नेता सिंहविरुद्ध मुद्दा दायर गरेको थियो । यसअघि विशेष अदालतले दोषी ठहर गर्दै साढे ३ वर्ष कैद र साढे ३ करोड जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि सिंह पुनरावेदनका लागि सर्वोच्च पुगेको थिए । पुनरावेदनमा दाबी नपुग्ने भन्दै सवोच्चले सिंहलाई दोषी ठहर गरेको हो ।

कांग्रेस नेता सिंह मन्समरा सिँचाई आयोजना उपभोक्ता समितिको अध्यक्ष हुँदा भ्रष्टाचार गरेको कसूरमा पनि दोषी ठहर भएका थिए ।