नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंमा आज प्रदर्शन गरेको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको भन्दै आन्दोलनले संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न माग गरेको हो ।
अमेरिका लैजाने नाममा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद तथा उनीहरूका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट ढाकछोप भइरहेको भन्दै नागरिक आन्दोलनले खबरदारी पनि गरेको छ ।
प्रदर्शनमा सहभागीहरुले नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न भएकालाई पक्राउ गरी प्रहरीले राम्रो काम गरेको भन्दै यसलाई टुंगोमा पुर्याउन पनि माग गरेका छन् ।
उनीहरुले राजनीतिक नेतृत्वको दबावमा नझुक्न प्रहरीलाई आग्रह गरेका छन् ।
हेर्नुहोस् भद्रकालीमा भएको प्रदर्शनका अनलाइनखबरले खिचेका तस्वीरहरू :