भ्रस्टाचार आरोपमा दुबे पक्राउ

-


     सुचनाको हक     
     असार २३ गते २०७९ मा प्रकाशित


भवन निर्माणको मूल्यांकनको लागि १ लाख ७० हजार रुपैयाँ घुस लिँदैलिँदै प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर रुपेश कुमार दुबे रंगेहात पक्राउ परेका हुन् । सव-डिभिजन वन कार्यालय वसन्तपुर र सव-डिभिजन वन कार्यालय मनवामा १७ लाख रूपैयाँको लागतमा निर्माण भएको तीन/तीन कोठे भवनको मूल्यांकन गरी दिने बहानामा ठेकदारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) विकास मल्लले जानकारी दिए ।