माओवादी बलियो बनाउने अठोट

-


     सुचनाको हक     
     वैशाख २० गते २०७९ मा प्रकाशित


माओवादी बलियो बनाउने अठोट सहित पोखरामा पूर्वलडाकु र काँग्रेस, एमाले कार्यकर्ता पार्टी प्रवेश
पोखरा ,१९ वैशाख । पोखरा महानगरपालिका– १८ मा जनयुद्धका पुर्वलडाकु दीपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विसं २०६० देखी माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका तिमिल्सिना शान्ति प्रक्रियापछि स्वतन्त्र रहेकामा परिर्वतनको रक्षाका लागि पुनः माओवादी शक्तिशाली र बलियो बनाउने अठोट सहित पार्टीमा फर्किएका हुन् ।
यसैगरी सोही वडाका एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल सदस्य एवं अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश तथा चुनावी कोणसभामा बोल्दै पोखरा– १८ मा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले माओवादी केन्द्रलाई मौका दिए सराङकोटलाई विकासको नमूना वडा बनाउने अठोट व्यक्त गरे ।
उनले पार्टी भन्दा व्यक्तिलाई हेरेर भोट हाल्नुपर्ने समेत बताए । उनले भने,‘‘सबै उम्मेदवारलाई तराजुमा राख्नु,‘उनले भने,‘ जता इमान्दारीता कोल्टीन्छ उतै भोट हाल्नुस ।’
केपी ओलीले संविधान, गणतन्त्र, राष्ट्रपतिलाई मजाक बनाएको कारण ओलीको बिरुद्धको आन्दोलनका लागि गठबन्धन चाहिएको बताए ।
निर्वाचन परिचालन कमिटी संयोजक टिकाराम तिमिल्सिना माओवादीले नेतृत्व गरेको काम र संस्था निश्पक्ष र सफा रहेको कारण जनताले माओवादीलाई अवसर दिनुपर्ने बताए ।
महिला वडा सदस्य उम्मेदवार दुर्गा अधिकारी पिछडिएको महिलाको हितको लागि काम गर्ने बताइन । महिलाको हक दिलाउने पार्टी माओवादी रहेको भन्दै निर्वाचित भएपछि महिलाको पिडामा मलम लगाउने बाचा गरिन ।
एकीकृत समाजवादी कास्की जिल्ला सदस्य राजेन्द्र अधिकारीले केपी ओलीले संविधान सक्न लागेको बताए । परिवर्तनका बह्याक माओवादी केन्द्र नै रहेको बताए । कम्युनिस्ट भएर पनि एमालेमा कम्युनिस्टको भावना नभएको बताए । कम्युनिस्ट आन्दोलन बचाउन सबैको बराबर दायित्व रहेको कारण माओवादीलाई टोलीलाइ भोट दिनु भएको बताए ।
माओवादी केन्द्र वडाका अध्यक्ष पुर्णखर तिमिल्सिनाले माओवादीको जित निश्चित रहेको बताए । सोमबार प्रचार प्रसारको कार्याक्रम सेदीबाट सुरु भएर फ्याउरे खपौदी, माछापोखरी, भकुण्डे, तल्लो चङ्खपुरमा पुगेर समापन भएको थियो ।
मंगलबार सुन्दर पोखरी, तोरीपानी, मुलाबारी, नयाँगाउँ अर्माजा लगायतका ठाउँमा कार्याक्रम हुने निर्वाचन परिचालन समितिले जनाएको छ ।
अन्नपूर्णमा माओवादीको केन्द्र चुनावी अभियानमा होमियो
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्नपूर्ण गाउँपालिकाले घरदैलो अभियानलाई तीब्र पारेको छ ।
माओवादीले अन्नपूर्णका विभिन्न वडाहरुमा उम्मेदवार सहित घरदैलो गर्दै पार्टीलाई मत दिन आग्रह गरेको हो । सोमबार अन्नपूर्ण १ को लेवाडे, घट्टेखोला, नागडाँडा, फल्लापानी, सिम्पाली, अधिकारीडाँडा हुदै अन्नपूर्ण ३ को काँडे बाट ६ को लुम्ले हुदै ५ को नयाँपुलसम्म घरदैलो गरिएको हो ।
विभिन्न समूहमा विभाजन भएर गरिएको घरदैलोका क्रममा नाच गान गर्दै माओवादीलाई मत दिन आग्रह गरिएको थियो ।
माओवादीकै कारण देशमा राजनैतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनीहरुले सिंहदरवारको अधिकारलाई गाउँगाउँ पुर्याउन माओवादी आन्दोलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरेका थिए ।
घरदैलोमा गाउँपालिका अध्यक्षका उमेद्वार हरीमाया तिमिल्सीना अधिकारी, उपाध्यक्षका उमेद्वार धर्मबहादुर गुरुङ सहित केन्द्रीय सदस्य तथा सांसद दुर्गाकुमारी विक, निर्वाचन परिचालन संयोजक दुर्गादत्त भण्डारी, पालिकाका कार्यवहाक अध्यक्ष भेषराज पौडेल, सचिव नविन गिरी, विभिन्न वडाका प्रत्यासी उमेद्ववारहरु सहभागी भएका थिए ।
फूलबारीमा माओवादी केन्द्रको घरदैलो
नेकपा(माओवादी केन्द्र)का उम्मेदवारहरुले पोखरा महानगरपालिका–११ फूलबारीमा घरदैलो गरेका छन् ।
सो वडामा माओवादीले वडाध्यक्षमा चिन्तामणि खरेल र वडा सदस्यहरुमा विष्णुप्रसाद आचार्य, सुनिल लामिछाने, सरिता विक, उषा विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।
घरदैलोका क्रममा अध्यक्षका उम्मेदवार खरेलले वडामा खानेपानी, भित्री सडक कालोपत्रे लगायतका विकासका कामका लागि माओवादीलाई मत दिएर विजयी गराउन आग्रह गर्नुभयो ।
उम्मेदवारहरुले पुरानोधारा, हस्पिटल मार्ग, तालिम केन्द्र लगायतका स्थानमा स्थानीयवासीलाई भेटेर मत मागेका थिए