मादी गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न ।

-


     सुचनाको हक     
     पौष २९ गते २०७८ मा प्रकाशित



१. मादी गाउँपालिकाको क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र हटाउन र सो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन गाउँपालिका मातहत रहने व्यवस्था मिलाउन तथा गाउँपालिका मातहत नआउँदासम्म अन्नपूर्ण संरक्षण क्षेत्रका नाममा संकलन भएको रोयल्टी र पर्यटन शुल्कको सत्तरी प्रतिशत अंश गाउँपालिकालाई प्राप्त हुने व्यवस्था मिलाउनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने
२ गाउँसभाको अवशरमा मादीको लोकसंस्कृति नामक पुस्तक गाउँपालिका अध्यक्षद्वारा विमोचन ।
३. गाउँपालिकाको नव निर्मित कार्यालय भवनको समुद्घाटन,
४. मादी गाउँपालिकाको आफ्नै गान विमोचन,

५ मादी गाउँपालिकाको वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७८, मादी गाउँपालिकाको बालबालिकाको अधिकार संरक्षण संवद्र्धन तथा प्रर्वद्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८, मादी गाउँपालिकाको स्थानीय भूमि सम्बन्धी विधेयक, २०७८, मादी गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, मादी गाउँपालिका कर्मचारी सेवा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७८ समेत गरी पाँचवटा विधेयक पारित दुईबटा संशोधन विधेयक पारित ।

६. महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०७६÷०७७ को अन्तिम लेखा परीक्षण अनुमोदन गर्ने ।

दशौं गाउँसभामा अध्यक्षबाट प्रस्तुत प्रतिवेदन २०७८
उपाध्यक्ष ज्यू,
सभाका सदस्य ज्यूहरु,
मादी गाउँपालिकाको दशौं गाउँसभामा उपस्थित सम्पुर्णमा हार्दिक स्वागत गर्न चाहन्छु ।
ज्ञ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा नेपालको युगान्तकारी परिवर्तनको लागि विभिन्न समयमा भएका आन्दोलनमा आफ्नो जीवनको बलिदान गर्र्नुहुने आदरणीय ज्ञात अज्ञात शहिदहरु प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
द्द। २०७४ सालको बैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित हामी जनप्रतिनिधिको पहिलो कार्यकालको उत्तरार्धमा छौं । अहिले कार्यान्वयनको चरणमा रहेको आ.व. २०७८÷०७९ को नीति कार्यक्रम तथा बजेट हाम्रो कार्यकालको सम्भवतः अन्तिम नीति, कार्यक्रम तथा बजेट हो । हाम्रो पहिलो कार्यकाल अवश्य पनि चुनौतीपूर्ण नै रह्यो । भौतिक संरचनाको निर्माण, आवश्यक कानुन, नीति नियम तर्जुमा तथा कार्यान्वयन, जनशक्ति व्यवस्थापन, नागरिकको विकासप्रतिको बढ्र्दो अपेक्षा र चाहनाको सम्बोधन, चुस्त दुरुस्त सेवा प्रवाह, स्रोत, साधनको सीमितता तथा पछिल्लो समयमा देखा परेको कोभिड १९ को महामारीबाट उत्पन्न चुनौतिका बाबजुत पनि हामीले यो पाँच वर्ष समग्रमा सफलतापूर्वक पुरा गर्न लागेका छौं ।
घ। कार्यकालको अन्तिम चरणमा हामीले गाउँपालिकाको नवौं गाउँसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटलाई पूर्णरुपमा कार्यान्वयन गरी शत प्रतिशत नतिजा प्राप्त गर्नका लागि हामी सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गर्ने तर्फ अग्रसर हुन हार्दिक अपिल गर्दछु ।

द्ध। पहिलो अर्धवार्षिक अवधिसम्मको आय व्यय विवरण ः
५.१. आम्दानी तर्फ (२०७८÷०९÷२५ सम्म )ः
कुल वजेट प्राप्त ः २३ करोड ३९ लाख १४ हजार ६६ रुपैयाँ ९० पैसा ।
क. आन्तरीक आम्दानी ः रु. ७३ लाख २३ हजार ३ सय ९७ रुयैयाँ १३ पैसा,
ख. संघीय सरकार समानीकरण अनुदान रु. ४ करोड ५१ लाख ५० हजार
ग. संघीय सरकार शसर्त अनुदान रु. १३ करोड १८ लाख ५३ हजार ५ सय
घ. संघीय सरकार राजश्व वाँडफाँड रु. ३ करोड ६० लाख ३२ हजार ३ सय ६४ रुपैयाँ ७७ पैसा
ङ. प्रदेश सरकार समानीकरण अनुदान रु. ४९ लाख ६० हजार
च. प्रदेश सरकार समपूरक अनुदान रु. २५ लाख
छ. प्रदेश सर्शत अनुदान रु. २५ लाख
ज. प्रदेश सरकार राजश्व वाँडफाँड रु. २७ लाख ६३ हजार ६ सय ७०
झ. घरजग्गा रजिष्ट्र«ेशनको राजश्व बाँडफाँड प्राप्त रु. ८ लाख ३१ हजार १ सय ३५
समाजिक सुरक्षा रु. ७ करोड ७३ लाख ८८ हजार ७ सय १९ रुपैयाँ
५.२. खर्च तर्फ (२०७८÷०९÷२५ सम्म) ः
कुल वजेट खर्च १३ करोड ८६ लाख ९९ हजार ४ सय २ रुपैयाँ ३५ पैसा ।
क. चालु खर्च तर्फ रु. ११ करोड ३० लाख ६५ हजार १ सय ५७ रुपैयाँ ९६ पैसा
ख. पूँजीगत खर्च तर्फ रु. २ करोड ५६ लाख ३४ हजार २ सय ४४ रुपैयाँ ३९ पैसा
समाजिक सुरक्षा खर्च तर्फ रु. ७ करोड ७३ लाख ८८ हजार ७ सय १९ रुपैयाँ
५.३. विपद् व्यवस्थापन तर्फ भएको खर्च रु. ६ लाख २१ हजार ३ सय

अब म चालु आ.व. २०७८÷०७९ मा गाउँपालिकाबाट सम्पादित महत्वपूर्ण कार्यहरुको संक्षिप्त प्रगति विवरण प्रस्तुत गर्न गइरहेको छु ।
क. आर्थिक विकास तर्फ ः
१. कृषि विकास तथा पशुसेवा तर्फ ः
 पचास प्रतिशत अनुदानमा वितरण गर्ने गरी कृषि औजार उपकरण, प्लास्टिक टनेल खरिदको लागि माग संकलन गरी खरिदको लागि खुल्ला बोलपत्र आह्वान गरी मूल्यांकनको चरणमा रहेको ।
 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत अलैंचीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम) संचालनको लागि सूचना आह्वान भएको ।
 गत आर्थिक वर्षमा संचालन भएको, बाख्रा पकेट मौरी पकेट र तरकारी पकेट कार्यक्रमलाई निरन्तरताको लागि सूचना आह्वान भएको ।
 आ.व २०७७÷०७८मा छनोट भई प्रथम किस्ता प्राप्त गरेका अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमका लाभग्राहीहरुलाई दोस्रो चरणको अनुदान वितरणको लागि अनुगमन कार्यसम्पन्न भई मूल्यांकनको चरणमा रहेको ।
 वडा नं. ३ र ८ मा कोदोमा लागेको मरुवा रोग नियन्त्रणको लागि निःशुल्क विषादी उपलब्ध गराइयो ।
 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत गाई भैंसीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम) संचालनको लागि सूचना आह्वान भएको ।
 आर्थिक वर्ष २०७७÷०७८ मा स्थापना भएका बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमको निरन्तरता ।
 वडा नं. १ सिक्लेसमा भेडाबाख्रामा देखा परेको पिपिआर रोग, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोगमा नियन्त्रण गरिएको ।
 वडा नं. ८, ९ र १० मा गाई भैंसीमा देखा परेको खोरेत रोगको उपचारका लागि गाउँपालिकाबाट निःशुल्क औषधी तथा प्राविधिक सेवा उपलब्ध गराइएको साथै भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोगमा नियन्त्रणमा रहेको छ ।
 पशुलाई नियमित रुपमा खुवाउनु पर्ने माटे, जुकाको औषधी खरिद गरी निःशुल्क वितरणको चरणमा रहेको ।
 गण्डकी प्रदेश सरकारको समपुरक अनुदान र गाउँपालिकाको साझेदारीमा पुरनस्वाँरा खोला क्ले वृहत कृषि परियोजनाको सम्झौता भई निर्माण कार्य शुरु भएको छ ।
 गण्डकी प्रदेश सरकारको प्राप्त सशर्त अनुदानबाट कृषि प्रवद्र्धनको लागि माझडिही तल्लो उपल्लो सिंचाई आयोजनाको सम्झौता भई निर्माण कार्य शुरु भएको छ ।
 अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ बमोजिम गाउँपालिकाभित्र आवश्यक पर्ने रासायनिक मल विक्री वितरणमा सहजीकरण गरिएको छ ।
 सिंचाई सुविधा नपुगेका खेतीयोग्य जमिनमा सिंचाईको लागि कृषकको माग र वडा कार्यालयको सिफारिस अनुसार सिंचाई पाईप खरिद गरी वितरण गरिएको छ ।
२. पर्यटन तथा रोजगार प्रर्वद्धन
 चालु आ.व. २०७८।०७९ मा थप ४१ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । यसैगरी १६५ वटा पुराना व्यवसाय नवीकरण भएका छन् ।
 चालु आ. व. मा थप एक वटा घ वर्गको निर्माण व्यवसाय दर्ता भएको छ ।
 पर्यटकीय क्षेत्रको प्रचार प्रसार एवं प्रवद्र्धनको लागि मादी सचित्रको दोस्रो संस्करण प्रकाशन गरी जेसिआई नेपालको राष्ट्रिय सम्मेलनमार्फत वितरण तथा प्रदर्शनी गरिएको छ ।
२.१. प्रधानमन्त्री रोजगार कार्यक्रम ः
 वडा न ६ को झ्यानडाँडा बैलु गोरेटो बाटो निर्माण र मसान पोर्दी गच्की गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको छ ।
 वडा नं २ को ताङतिङ कोलासोथार सम्पदा मार्ग सोलिङ तथा मर्मत र घ्याम्राङ मोटर बाटो सोलिङ तथा मर्मत कार्य सम्पन्न भएको छ ।
 वडा नं ७ को नागढुङ्गा माता चौतारी मुसारबारी थाक पर्यटन पद मार्ग कार्य सम्पन्न भएको छ। अन्य योजनाको इस्टिमेट तयार भएको छ ।
 वडा नं १२ का ४ वटै योजनाको निर्माण कार्य सुरु भएको छ ।
 वडा नं ५ को रानी ओडार गोरेटो वाटो निर्माण कार्य सम्पन्न भएको छ । अन्य योजनाको इस्टिमेट तयार भएको छ ।
 अन्य केही वडामा समिति गठन भई निर्माण कार्य सुरु गर्ने चरणमा रहेका छन ।

ख. सामाजिक विकास ः
१. स्वास्थ्य तर्फ ः
 गाउँपालिका स्तरीय १५ शैयाको आधारभूत अस्पताल भवन निर्माणको लागि निर्माण व्यवसायीसंग ठेक्का सम्झौता भई निर्माण कार्य शुरुको अन्तिम चरणमा रहेको छ ।
 स्वास्थ्य संस्थाहरुबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई गुणस्तरीय तथा प्रभावकारी बनाउन गाउँपालिकाबाट निःशुल्क वितरण हुने अत्यावश्यक औषधी तथा स्वास्थ्य औजार उपकरण खरिदको लागि बोलपत्र आह्वान भई सम्झौताको चरणमा रहेको छ ।
 “राष्ट्रिय भिटामिन ए” कार्यक्रम सञ्चालन भएको छ ।
 गाउँपालिका भित्रका ७ वटा द्यष्चतजष्लन ऋभलतभच मा सुत्केरी भएका आमाहरुको लागि यातायात खर्च तथा न्यानो झोला वितरण गरिएको छ ।
 थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना रेडियो ग्राफर र तप्राङ्ग स्वास्थ्य चौकीको लागि १ जना कार्यालय सहयोगी सेवा करारमा लिइएको छ ।
 स्वास्थ्य संस्थाहरुमा विभिन्न कार्यक्रमका साथ महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइएको छ ।
 ८ प्रकारका कडा रोग लागेका १८ जना विपन्न नागरिकहरुलाई नेपाल सरकारबाट हुने उपचारमा सहयोगको लागि सम्वन्धित अस्पतालमा सिफारिस गरिएको छ ।
 कडा रोग आर्थिक आर्थिक सहायता अन्र्तगत ७ जना विरामीलाई पालिकाबाट आर्थिक सहायता वितरण गरिएको छ ।
 स्वास्थ्यकर्र्र्मीहरुको सीप तथा क्षमता अभिवृद्धि लागि म्ज्क्ष्क्द्दरीःक्ष्क्रज्ःक्ष्क् तालिमहरु सञ्चालन गरी सम्पन्न गरिएको छ ।
 स्वास्थ्यकर्मीहरुका लागि वृहत पोषण प्याकेज ९ऋल्क्त्० क्षमता अभिवृद्धि कार्यक्रम संचालन भई रहेको छ ।
२. शिक्षा तर्फ ः
 शिक्षक पेशागत सहयोग प्रणालीको स्थापना गरी विषयगत विज्ञ समूह गठन गरिएको छ ।
 गाउँपालिकाको स्वीकृत स्थानीय पाठ्यक्रम अनुसार कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक लेखन कार्य सम्पन्न भई, कक्षा ६ र ७ को पाठ्यपुस्तक छपाइको काम अन्तिम चरणमा पुगेको छ ।
 गाउँ शिक्षा समितिमा रिक्त सदस्यका पदहरु मादी गाउँपालिका शिक्षा ऐन, २०७५ अनुसार पदपूर्ति भएका छन् ।
 मादी गाउँपालिकाको प्रथम गाउँ शिक्षा योजना निर्माण भएको छ ।
 राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
 कोरोना संक्रमणको प्रभावित बनेको विद्यालयको पठनपाठन २०७८ असोज १ गतेदेखि विद्यालयमा भौतिक रुपमा उपस्थित भई कक्षा सञ्चालन भएको छ ।
 एकीकृत शैक्षिक सूचना प्रणालीमा विद्यालयहरूको तथ्यांक प्रविष्टि कार्यक्रम सम्पन्न भएको छ ।
 नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता, विद्यालय सहायक, विद्यालय सहयोगीको न्यूनतम पारिश्रमिक उपलब्ध गराइएको छ ।
 कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लगायत सुक्षा प्रमुख र पालिका भित्रका विद्यालयका प्र.अ. र जनप्रतिनिधिको अन्तक्रियात्मक बैठक सम्पन्न भएको छ
 विद्यालयको आर्थिक वर्ष २०७७÷०७८ को अन्तिम लेखापरीक्षण गर्न लेखापरीक्षक छनौट गरी खटाइएको छ ।
 राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयबाट प्राप्त प्रस्ताव प्राथमिकीकरण गरी स्वीकृतिको लािग शिक्षा विज्ञान तथा मानव स्रोत विकास केन्द्रमा पठाइएको छ ।
 माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

३. खानेपानी ः
 वास प्लानअन्र्तगत न्ध्त् संगको साझेदारीमा गाउँपालिका भित्र खानेपानी नपुगेका बस्तीको तथ्यांक संकलन गरी खानेपानी योजना संचालनको लागि सिफारिस गरिएको छ
 वर्षात्को कारण क्षति पुगेका खानेपानी योजनाको मर्मत सुधार कार्यमा सहयोग गर्नको लािग खानेपानी पाईप खरिद गरी वडाको सिफारिस बमोजिम वितरण गरिएको छ ।
 गाउँपालिका र न्ध्त् को सहकार्यामा वडा नं. ३ को स्याँगे, हरियोस्वाँरा र स्यारचोक, कुस्कुडाँडामा खानेपानी योजनाको निर्माण कार्य शुरु भएको छ ।
४. महिला बालवालिका, जेष्ठ नागरिक तथा अपाङ्गता तर्फ ः
 उपाध्यक्षसँग महिला कार्यक्रम अन्तरगत जनप्रतिनिधिहरुको पुनर्ताजकी कार्यक्रम, दलित
महिला सदस्यहरुको सशक्तीकरण कार्यक्रम महिला पुरुष सम विकास कार्यक्रम र लैंगिक हिंसा सम्बन्धी १६ दिने अभियान कार्यक्रम सम्पन्न भएका छन् ।
 मादी गाउँपालिका मातृ–शिशु (सुत्केरी) भेटघाट कार्यक्रम संचालन कार्यविधि, २०७८ बमोजिम सुत्केरी भेटघाट कार्यक्रम संचालन भइरहेको छ ।
 अपाङ्गता भएका व्यक्तिहरुको लागि देहाय बमोजिम परिचयपत्र वितरण गरिएको छः
ड्ड पूर्ण अशक्त अपाङ्गता (क वर्ग रातो) २१ (एक्काइस)
ड्ड अति अशक्त अपाङ्गता (ख वर्ग निलो) १८ (अठार)
ड्ड मध्यम अपाङ्गता (ग वर्ग पहेंलो) ७ (सात) गरी कुल ४६ वटा परिचयपत्र वितरण गरिएको ।
ग. सुशासन तथा संस्थागत विकास तर्फ ः
 चालु आ.व.मा कार्यपालिकाका आठवटा बैठक सम्पन्न ।
 चालु आ.व.मा देहाय बमोजिमका तेह्रवटा कार्यविधि स्वीकृत गरिएको ।
१. “मादी गाउँपालिकाको योजना प्रकृयामा युवा सहभागिता सम्बन्धी कार्यविधि, २०७८”
२. “मादी गाउँपालिका खेलकुद विकास समिति गठन तथा परिचालन कार्यविधि, २०७८”
३. “मादी गाउँपालिका मेलमिलाप केन्द्र संचालन सम्बन्धी कार्यविधि, २०७८”
४. “मादी गाउँपालिकाको अनुगमन तथा सुपरीवेक्षण समितिको कार्य सञ्चालन कार्यविधि, २०७८”
५. “मादी गाउँपालिकाको स्थानीय राजश्व परामर्श समितिको कार्य सञ्चालन कार्यविधि, २०७८”
६. “मादी गाउँपालिका गाउँ युवा परिषद् सञ्चालन कार्यविधि, २०७८”
७. “मादी गाउँपालिकाको कार्य सञ्चालन निर्देशिका, २०७८”
८. “संस्था दर्ता तथा नवीकरण कार्यविधि, २०७८”
९. “सुरक्षित आप्रवासन सम्बन्धी कार्यविधि, २०७८”
१०. “मादी गाउँपालिका स्थानीय बालबालिका समिति गठन तथा संचालन कार्यविधि, २०७८”
११. “मादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन कार्यविधि, २०७८”
१२. “ मादी गाउँपालिकाको कर्मचारी प्रोत्साहन सुबिधा सम्बन्धी कार्यविधि, २०७८”
१३. “ मादी गाउँपालिकाको कर्मचारीको पर्यटन काज विदा सम्बन्धी कार्यविधि, २०७८” ।

 मादी गाउँपालिका भित्रका लोक संस्कृतिहरुको संगालो मादीका लोक संस्कृति नामक पुुस्तक प्रकाशन भएको छ ।
 मादी गाउँपालिकाको पहिलो कार्यकाल नामक पुस्तक प्रकाशनको लागि पुस्तक लेखनको चरणमा रहेको छ ।
 मादी गाउँपालिकाको भिडियो वृत्तचित्र प्रकाशनको तयारीमा रहेको छ ।
 वडा सचिव तथा वडाका कर्मचारीहरुको लागि क्षमता विकास तालिम सम्पन्न गरिएको छ ।
 चालु आर्थिक वर्षको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. २ मा सम्पन्न गरिएको छ
 गाउँपालिकाबाट उपभोक्ता समिति मार्फत संचालन हुने योजनाका तथा कार्यक्रमका समितिका पदाधिकारीहरुलाई (पालिका तथा १२ वटै वडा स्तरमा) योजना संचालन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न गरिएको छ ।
 कार्यालयको रिक्त दरबन्दीमा तीन जना प्राविधिक कर्मचारी सेवा करारमा लिइएको छ ।
 गाउँपालिका कार्यालयमा कार्यकक्ष व्यवस्थापनको लागि २ कोठे भवन निर्माण सम्पन्न भएको छ ।
 कार्यालयको कार्यसम्पादनका लागि आवश्यक ल्यापटप तथा मोटरसाईकल खरिदको लागि बोलपत्र आह्वान गरी मूल्यांकनको चरणमा रहेको छ ।
 चालु आर्थिक वर्षमा थप २२ घरधुरीको घर अभिलेखीकरण भएको छ र हालसम्म ३३६३ घरको अभिलेख भएको छ ।
 सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा प्रथम किस्ता प्राप्त गरेका विपन्न परिवारका ११३ घर परिवारमध्ये ५७ घरधुरीलाई खरको छाना विस्थापन बापत अन्तिम किस्ता वितरण गरिएको छ ।
 गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोगमा मादी गाउँपालिकाको दोस्रो आवधिक विकास योजना निर्माण प्रकृयाको चरणमा रहेको छ ।
 गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको मादी गाउँपालिकाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति व्भ्क्क्ष् क्तचबतभनथ निर्माण प्रकृयाको चरणमा रहेको छ ।
 गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोगमा गाउँपालिकाको राजश्व सुधार कार्ययोजना निर्माण प्रकृयाको चरणमा रहेको छ ।
घ. पूर्वाधार विकास तर्फ ः
 वडा नं. १ देखि १२ सम्मका सवै सडक सुधार योजनाको लागि उपभोक्ता समितिसंग सम्झौता गरी सडक मर्मत सुधार कार्य सम्पन्नको चरणमा रहेका छन् ।
 २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षतिबाट प्रभावित काउरे ज्याउँदु ताङतिङ्ग सडकको पिनिस्यो खोलाको भिर काटेर सडक पुनः सुचारु गरिएको छ ।
 वडा नं. ६ र ७ को वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ ।
 भगवती वहुउद्देश्यीय सामुदायिक भवन निर्माण कार्य सम्पन्न भएको छ ।
 गाउँपालिका स्तरीय खेलमैदानको मर्मत सुधार कार्य गरी उक्त खेलमैदानमा पहिलो पटक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न गरिएको छ ।
 वडा नं. ४ को घाम्नुङ्गखोला झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ भने च्याँदी दोभान र चिनीखर्क झोलुङ्गेपुल निर्माणको अन्तिमा चरणमा रहेका छन् ।
 वडा नं. ३ को वडा कार्यालय भवन निर्माणको लागि ठेक्का सम्झौता भई निर्माण कार्य शुरु भएको छ ।
 सिक्लेस पर्यटन पूर्वाधार विकास आयोजनाको निर्माण कार्यको लागि ठेक्का सम्झौता भइ निर्माण कार्य शुरु भएको छ ।
 गण्डकी प्रदेश सरकारबाट यस गाउँपालिकामा निर्माणधीन मकैखोला मोटरेवल पुलको निर्माण कार्य सम्पन्न भएको छ भने वार्दीखोला र इंदीखोलाको पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
 वडा कार्यालय मार्फत सञ्चालन हुने वडा स्तरीय प्राय योजनाहरुको सोम्झौता भई कार्यान्वयनको चरणमा रहेका छन् ।
ङ. वन वातावरण तथा विपद् व्यवस्थापन ः
१. वन र वातावरण संरक्षण ः
 मनसुनजन्य विपद् रोकथाम तथा व्यवस्थापनको लागि १६० थान जाली खरिद गरी वितरण गरिएको छ
 मनसुनजन्य विपद् प्रभावित ७९ लाभग्राही घर परिवारलाई नयाँ घर निर्माणको लागि पालिकाबाट निर्णय भई अन्तिम स्वीकृतिको लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ ।
 मनसुनजन्य तथा अन्य विपद् प्रभावित ४८ घर परिवारलाई राहत वितरण गरिएको छ ।

२. कोभिड–१९ न्यूनीकरण र नियन्त्रण ः
 कोभिड १९ विश्वब्यापी महामारी रोगको रोकथाम तथा नियन्त्रणको लागी थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ३० बेडको आईसोलेसन सेन्टरको निरन्तरता दिइएको छ ।
 कोभिड १९ विरुद्धको खोप १८ वर्ष भन्दा माथिका सबै नागरिक १३४१६ जनालाई लगाइसकिएको छ ।
 गाउँपालिकाका विद्यालयमा खोपकेन्द्र स्थापना गरी कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप १२ देखि १७ वर्ष सम्मका १ हजार ३ सय ७४ विद्यार्र्थीहरुलाई लगाईएको छ ।
 कोभिड १९ रोगको शंकास्पद २ हजार १ सय १५ जनाको कोरोना परीक्षण गरिएकोमा ४ सय ३५ जनामा संक्रमण देखापरेको छ ।
 थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ३० बेडको आईसोलेसन कक्षमा ६८ जना कोभिड १९ संक्रमित हरुको लागि निःशुल्क उपचार, खानपान तथा बसोबासको व्यवस्था मिलाइएको ।
 अन्य कोरोना संक्रमित व्यक्तिहरुको उपचारको लागि पोखरा स्थित क्ष्कयबितष्यल अभलतभच मा पठाइएको साथै घरैमै आईसोलेसनमा बस्ने संक्रमितहरुको लागि निःशुल्क औषधी तथा स्वास्थ्य सामग्री वितरण गरिएको र आवश्यकता अनुसार एम्बुलेन्स सेवा निःशुल्क गरिएको ।
 कोरोनाबाट मृत्यु भएका दुई जनाका (वडा नं. ६ र ७)परिवारलाई तीस हजार रुपयाँका दरले राहत वितरण गरिएको,

च. सामाजिक सुरक्षा तथा पञ्जीकरण ः
 चालु आ.व.मा तथ्यांक अध्यावधिक भएका ४१४४ जना लाभग्राहीलाई प्रथम र द्धित्तीय त्रैैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको ।