सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त २५ बर्षे हदबन्दी भएको जग्गा सुक्रीबिक्रीका लागि घुस/रिसवत लिई २५ बर्षलाई काटी १५ बर्ष बनाई किर्ते गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय, गुलरिया बर्दियामा कार्यरत खरिदार राधेश्याम झा, तहरिर ना.सु. उदयशिंह रावल, ना.सु. शम्भु प्रसाद अधिकारी, जग्गाधनी चन्द्र बहादुर सुनार, जग्गा खरिद गर्ने टेक बहादुर सुनार र चन्द्र बहादुर सुनारकै जग्गा दृष्टिवन्धक पारित गरी लिने भक्त बहादुर थापाको मिलेमतोमा सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त २५ बर्षे समयसिमा भएको जग्गा सुक्रि बिक्रीका लागि मालपोत कार्यालय, बर्दियामा रहेको जग्गाधनी दर्ता श्रेस्तामा २५ बर्षलाई काटी १५ बर्ष बनाई सोवापत नगद रु.३५,०००। घुस/रिसवत लेनदेन गरी बेचबिखन तथा हक हस्तान्तरणसमेत नहुने उक्त जग्गा बेचबिखन तथा हक हस्तान्तरण गरेको र सोवापत मालपोत कार्यालय, बर्दियामा कार्यरत कर्मचारीहरुलाई जग्गा किन्ने व्यक्तिमार्फत नगद रु.३५,०००।–दिएको हुँदा निज चन्द्र बहादुर सुनार र टेक बहादुर सुनारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले रु.३५,०००।– (पैतीस हजार रुपैयाँ) बिगो कायम गरी निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा १(ख) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
प्रतिबादीहरु राधेश्याम झा, शम्भु प्रसाद अधिकारी र उदयशिंह रावलले सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त २५ बर्षे समयसीमा भएको जग्गा सुक्रिबिक्रीका लागि मालपोत कार्यालय, बर्दियामा रहेको जग्गाधनी दर्ता श्रेस्तामा २५ बर्षलाई काटी १५ बर्ष बनाई सोवापत नगद रु.३५,०००।- लिएको हुँदा निज राधेश्याम झा, शम्भु प्रसाद अधिकारी र उदयशिंह रावलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले रु.३५,०००।– (पैतीस हजार रुपैयाँ) बिगो कायम गरी निज निजहरुलाई सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा १(ख) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
साथै मालपोत कार्यालय, गुलरिया, बर्दियामा कार्यरत खरिदार राधेश्याम झा, तहरिर ना.सु. उदयशिंह रावल, ना.सु. शम्भु प्रसाद अधिकारी, जग्गाधनी चन्द्र बहादुर सुनार, जग्गा खरिदकर्ता टेक बहादुर सुनार, जग्गा दृष्टिवन्धक पारित गरी लिने भक्त बहादुर थापाले सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त २५ बर्षे समयसीमा भएको जग्गा सुक्रिबिक्रीका लागि मालपोत कार्यालय, बर्दियामा रहेको जग्गाधनी दर्ता श्रेस्तामा २५ बर्षलाई काटी १५ बर्ष बनाई गैरकानूनी तरिकाले सच्याउने, थपघट गर्ने कार्य गरी निज प्रतिबादीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुलाई सोही ऐनको दफा ११ बमोजिम समेत सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको