जिल्ला ओखलढुंगा, मोलुंग गाउँपालिका वडा नं. २ स्थित काफलबोट देखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रिय पुन: निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), ओखलढुंगाले निर्माण गरेको मेसिनरी वाल र सडक देखाई उपभोक्ता समितिले निर्माण गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने उद्देश्यले गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरु तयार गरी/गराई, स्वीकृत गरी रु.3,82,०50।- हानी पुर्याउन बदनियतपूर्वक भुक्तानीसमेत गरेको देखिँदा उक्त भ्रष्टाचार कसुरमा संलग्न देहायबमोजिमका प्रतिवादीहरुलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:
सि.नं | नामथर | कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर माधव निरौला, असिस्टेन्ट सब-इन्जिनियर शिव प्रसाद अधिकारी | मोलुंग गाउँपालिका | रु.3,82,०50।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1)(ङ) को कसुरमा सोही ऐनको दफा 8 को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो समेत असुल उपर हुन र गलत प्रतिवेदनसमेत दिएको देखिँदा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसुरमा ऐ.ऐ. दफा १९ को उपदफा (2) बमोजिम कैद र जरिवानासमेत हुन मागदाबी लिइएको छ। | |
अध्यक्ष दिपेन्द्र राई, सचिव भक्तराज राई र कोषाध्यक्ष ननमाया राई | सडक निर्माण उपभोक्ता समिति | रु.3,82,०50।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (४) बमोजिमको कसुरमा ऐ.ऐ. दफा 8 को उपदफा (४) बमोजिम सजायको मागदावी लिइएको छ। | |
तत्कालीन वडा अध्यक्ष टंक बहादुर कार्की | मोलुंग गाउँपालिका, वडा नं. २ | रु.3,82,०50।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (3) बमोजिमको कसुरमा ऐ.ऐ. दफा 8 को उपदफा (3) बमोजिम सजाय हुन मागदावी लिइएको छ। | |
तत्कालीन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक हेम कुमारी तामाङ्ग | मोलुंग गाउँपालिका | – | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसुरमा ऐ.ऐ. दफा १९ को उपदफा (2) मा उल्लेख भएबमोजिम कैद र जरिवाना हुन मागदावी लिने। | |
तत्कालीन वडा सदस्य ओम बहादुर राई | मोलुंग गाउँपालिका, वडा नं. २ | रु.3,82,०50।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1)(ङ) को कसुरको मतियार भई भ्रष्टाचारजन्य कसुर गरेको देखिएको हुँदा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २२ को प्रतिबंधात्मक वाक्यांशबमोजिम कसुर गर्ने व्यक्तिसरह नै भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ (1) (ङ) बमोजिम सजायको मागदावी लिइएको छ। | |
लेखा अधिकृत प्रवल घिमिरे | मोलुंग गाउँपालिका | रु.१,१५,२००।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (3) बमोजिमको कसुरमा ऐ.ऐ. दफा 8 को उपदफा (3) बमोजिम सजाय हुन मागदावी लिइएको छ। | |
योजना शाखा प्रमुख (ना.सु.) वोदन के.सी. | मोलुंग गाउँपालिका | रु.3,82,०50।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (3) बमोजिमको कसुरमा ऐ.ऐ. दफा 8 को उपदफा (3) बमोजिम सजाय हुन मागदावी लिइएको छ। |