बिरगंजको आनन्द कुमार चौधरी अग्रवाल दोहोरो नागरिक भएको खुलासा
बिरगंज वडा ६ लाठ गल्ली बस्ने आनन्द कुमार चौधरी अग्रवाल दोहोरो देशको नागरिक भएको एक तथ्यांकले खुलासा भयको छ । चौधरीले २०५४ / ३/ ११ गतेमा १६०३२३४०७ न को नाप्रन को नेपाली नागरिकताको प्रमाणपत्र जिल्ला प्रशासन कार्यलय पर्सा बाट लिन सफल भएको देखिन्छ । दोस्रो तिर तारिख २०१६/ ०१/ ०७ मा भारत सरकारको कागजातमा निरन्जन कुमार चौधरीको छोरा आनन्द कुमारचौधरी भारतिय नागरिक हुन भनेर प्रष्ट लेखिएकोछ । चौधरीको नागरिता माथी २०७८ माघ महिनामा जिल्ला प्रहरी कार्यलय पर्सामा निवेदन समेत परेको थियो । निवेदन माथी अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यलयले जिल्ला प्रशासन कार्यलयलाई च न ११४४२ को मिति २०७८/१०/२५ मा पत्र समेत लेख्ने कार्य भयो । पत्रको जवाफ च न १४४५ को मिति २०७८/११/०८मा आनन्द कुमार चौधरीको नागरिता सम्बन्धि अनुसुची फारम खोजतलास गर्दा फेला नपरेको जवाफ समेतको पत्र जिल्ला प्रहरी कार्यलय पर्सा लाई पठाइयो । यो बिषयमा चौधरीसंग कुराकानी म एक नम्बरको नेपाली हु। म माथी कस्ले र किन निवेदन दिएकाछन । मलाइ केही थाह छैन । नत्र मलाइ कुनै निकायले जानकारी गराएका छन l चौधरीको जवाफ आयो । प्रसङ्ग यो उठछ कि आखिर किन रुक्यो अनुसन्धान ? आखिर किन भएन चौधरीसंग सोधपुछ दोहोरो देशको प्रमाण हुन्दाहुन्दै किन भएन नागरिता एन सम्बन्धि कारवाही ?
कहि कतै रकमको चलखेल त होइन ? दोहोरो देशको नागरिक भएको प्रमाण।