युरेनियम बेच्न ठिक्क परेका १५ जना समातिए

-


     सुचनाको हक     
     श्रावण ४ गते २०७९ मा प्रकाशित


Modern metal handcuffs. Vector illustration in flat style

मोरङको विराटनगरबाट प्रहरीले युरेनियमसहित १५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई विराटनगरका छुट्टाछुट्टै स्थानबाट समातिएको हो । विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुबाट दुई किलो युरेनियम फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक राजन कार्कीका अनुसार आइतबार एक किलो ८७ दशमबल ३ ग्रामसहित विराटनगर–९ बाट आठ जना पक्राउ परेका हुन् । हिजो विराटनगर महानगरपालिका–३, को डेरी फार्म नजिकैबाट ९७८ दशमलब ६ ग्रामसहित सात जना पक्राउ परेका हुन् ।

आइतबार मोरङको धनपालथान गाउँपालिका–७ का ४१ वर्षीय शिवशंकर पासवान, ४३ वर्षीय प्रदीप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही पालिका वडा नम्बर ४ का ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका–२, का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपालिका–१२, का ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर र खोटाङका ३२ वर्षीय किरन राई पक्राउ परेका थिए ।

उनीहरु विराटनगरको ठूल्दाइ होटलमा ग्राहकलाई पर्खिरहेको अवस्थामा पक्राउ परेका हुन् । हिजो पक्राउ परेकामा गोरखाको गण्डकी गाउँपालिका–८, का ४५ वर्षीय जीवन गुरुङ, महोेत्तरीको मङ्हा गाउँपालिका–६, का ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका–१२, का ३० वर्षीय चन्दनकुमार महतो, मोरङको ग्रामथान गाउँपालिका–३, का ५५ वर्षीय रविन्द्र गच्छदार, मकवानपुरको बागमती गाउँपालिका–५, का ३६ वर्षीय दिपकबहादुर भलोन, महोत्तरीका ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुलीको कमलामाई नगरपालिका–५ का २८ वर्षीय श्याम घिमिरेलाई पक्राउ गरेको हो ।