रा प्र पा र एमाले बीच अबको चुनाब मा गठबन्धन हुने

-


     सुचनाको हक     
     फागुन १२ गते २०७८ मा प्रकाशित


राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रिता माझीले पार्टीको निर्णयमै राष्ट्रियसभा चुनावमा एमालेलाई मत दिएको भन्दै भ्रममा नपर्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत राष्ट्रिय सभाका निम्ति बागमती प्रदेशको मतदान प्रक्रियामा पार्टी नेतृत्वले दिएको आदेशमै सहभागी भएको उनले बताइन् ।

पैसाको लोभमा पार्टीनिर्देशन विपरित राष्ट्रिय सभा चुनावमा एमालेलाई साथ दिएको भन्ने आरोपवारे उनले स्पष्ट पारेकी हुन् । उनले पार्टी नेतृत्वबाट आएको निर्देशनमा चार जना सांसदले मतदान गरेको दाबी गरिन् ।

“माघ ११ गते बसेको पदाधिकारी बैठकले प्रदेश नम्बर १ बाहेक अन्य मतदान प्रक्रियामा सहभागी नहुने निर्देशनको निर्णय गरी विज्ञप्ति जारी गर्यो, तर हामीलाई पार्टी नेतृत्वबाट बागमती प्रदेशमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न निर्देशन आयो, सोहीअनुसार हामी चार जना सांसद मतदान प्रक्रियामा सहभागी भएका हौं ।’

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पार्टीको माघ ११ गते बसेको पदाधिकारी बैठकले प्रदेश नम्बर १ बाहेक अन्य मतदान प्रक्रियामा सहभागी नहुने निर्देशनको निर्णय गरी विज्ञप्ति जारी गर्यो, तर हामीलाई पार्टी नेतृत्वबाट बागमती प्रदेशमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न निर्देशन आयो, सोहीअनुसार हामी चार जना सांसद मतदान प्रक्रियामा सहभागी भएका हौं ।’ यसले के पुस्टि गर्छ भने अबको चुनाब मा एमाले र रा प्रा पा बीच चुनाब मा गठबन्धन हुने स्पस्ट भएको छ । रा प्रा पा येही कारण पनि अन्य दल संग गठबन्धन नगर्ने भनेर साना दल लाइ बेवास्ता गरिरहेको छ ।