रास्ट्रपति बाट उद्घाटन गराई, भन्सार छलीका इन्डक्सन चुलो खुलेआम बिक्री

- रास्ट्रपति को बदनाम गर्ने गरि कार्य नगर्न अन्य व्यवसायीको अनुरोध

-


     सुचनाको हक     
     चैत्र २१ गते २०७८ मा प्रकाशित


सरकारले विद्युतीय चुलो (इन्डक्सन/इन्फ्रारेड स्टोभ) मा लाग्दै आएको भन्सार दर बर्सेनि कम गर्दै गएको भएपनि अबैधरुपमा सामान नेपाल भित्रने क्रम भने रोकिएको छैन । भन्सार कर्मचारी र व्यवसायीको मिलिमतोमा विनाभन्सारका इन्डक्सन चुलो आयत हुदै आएको छ । आयातित इन्डक्सनको भन्सारमा लाग्ने कर कम गर्दा उपभोक्ताले सस्तो मूल्यमा किन्न पाउने र बिजुली खपतसमेत बढाउन सकिने अपेक्षा गरेको भएपनि व्यवसायीहरुको ठगीधन्दाकै कारण उपभोक्ताभने झन मंहगोमा खरिद गर्न बाध्य भएका छन् ।

यसैगरी नेपाली बजारमा विभिन्न ब्राण्डका इन्डक्सन चुलो आयात भएको भन्सार रेकर्डमा उल्लेख गरिएको भएपनि सो चुलो आयात भएको अबस्थामा न्यून भन्सार संकलन भएको समेत भन्सार विभागले जनाएको छ । यसरी न्यूनमुल्याङकन तथा चोरीपैठारी गरी ल्याएका अधिकाशं सामाग्रीको बिक्री स्थल बन्दै गएको मेला महोत्सव ।

लामो समयपछि पुनः मेला महोत्सव सुरु भएको छ । एकातर्फ सरकारी निकायको विद्यमान ऐनलाई नै लत्याउदै जतिखेर मन लाग्यो त्यही समयमा मेलाको आयोजना गरी लाखौ रुपैयाँ मुल्यअभिबृद्धि कर (भ्याट) छली गर्दै उपभोक्तालाई भने भ्याट र अन्य कर थोपरेर मंहगोमा सामान बिक्री गरी रकम संकलन गर्दै आएका छन् । कुनैपनि मेला महोत्सव गर्दा सरकारी निकायको सम्बन्धित क्षेत्रबाट पुर्वअनुमति लिनु पर्छ । तर देशको राष्ट्रपतिबाट धुमधामका साथ उद्घाटन भएको हिमालयन हाइड्रो एक्स्पो नामक मेलामा पनि चोरीपैठारीकै सामानको खुलेआम बिक्रीकालागि राखिएको छ ।

विशेषगरी सो मेलामा इन्टक्सन चुलोलगायत अन्य विद्युतिय सामाग्रीहरु बिक्रीमा राखिएका छन् । तर अधिकाशं नाम नै नसुनेका कम्पनीका सामाग्रीहरुलाई उच्च प्राथमिकता दिदै राखिएको सम्बन्धमा भने सम्बन्धित व्यवसायी खुलेर कुनै पनि कुरा बताउन भने चाहेनन् । उनीहरुले भने सवै गुणस्तरिय सामाग्रीमात्रको कारोबार गर्ने दाबी गर्दै आए । भने स्टलमा बस्नेलाई गुणस्तरको प्रमाण पत्र माग गर्दा भने रिसाउदै अन्यत्र फर्किएर बस्ने गरेका छन् ।

सो मेलामा व्यवसायीले ३८ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म बिक्रीकालागि राखेका छन् । यी सामानको बजारमूल्य र भन्सार जाँचपासका साथै गुणस्तरको प्रमाणपत्र भने देखाउन उनीहरुले चाहदैनन् । भन्सार मूल्यांकनभन्दा बजारमूल्य दोब्बरभन्दा बढीमा बिक्री हुदै आएको छ । असनको होलसेल पसलमा इन्डक्सन चुलोको मूल्य २ हजार ७ सय ५० देखि ३ हजार ६ सय ५० रुपैयाँमा बिक्री हुदै आएको छ । तर सो मेलामा त्यसको दोव्बर मुल्यमा बिक्रीकालागि राखिएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐनमार्फत इन्डक्सन चुलोमा लाग्दै आएको भन्सार दर ४ प्रतिशत बिन्दुले घटाएसंगै सोही फाईदा लिदै आयात गरिएका चुलो समेत नेपाली बजारमा अत्याधिक मंहगोमा बिक्री हुदै आएको छ । यसरी भन्सार घटाउनुको उद्देश्य विद्युत् खपत बढाउनु रहेको सरकारले बताउँदै आएपनि सहुलियत दरमा आयात गरेको इन्डक्सन चुलोको मुल्य आफुखुशी निर्धारण गरेर मंहगोमा बिक्री गरिदै आएको छ भने अर्कोतर्फ भ्याट र राजश्व समेत छली हुदै आएको छ ।

बर्सेनि करको दर घट्दै गए पनि इन्डक्सन÷इन्फ्रारेड चुलोको मूल्य निरन्तर बढाउदै गएका छन् । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ४४ लाख ४२ हजार रुपैयाँ बराबरको २४ सय वटा इन्फ्रारेड चुलो आयात भएको उल्लेख गरेको छ । जसको भन्सार मूल्यांकन रकम औसत प्रतिगोटा १८ सय ५० रुपैयाँ बराबर उल्लेख गरेका थिए । २४ करोड ३७ लाख ६२ हजार रुपैयाँ बराबरको १ लाख ५२ हजार ५ सय ८८ वटा इन्डक्सन चुलो आयात गरिएको थियो ।

जसको भन्सार भन्सार मूल्यांकन एउटा इन्डक्सनको औसत १५ सय ९७ रुपैयाँ बराबर देखाइएको छ । तर अन्य चुलो भने विना भन्सार भित्राउदै आएका छन् । त्यसरी आयात भएका चुलाहरुलाई भने मेलाकै स्टलमा राखी बिक्री गरिदे गरेको छ । मेलामा राखिएका बस्तुको खरिद गर्दा खरिदकर्ताले गुणस्तरको प्रमाणपत्र र भन्सार विन्दु दरको खोजी नगर्ने भएकाले आफुखुशी मुल्य राखी बिक्री गरेर लाखौ रुपैयाँ भ्याट समेत छली गरिदै आएको छ । सो भ्याट छलीमा सरकारी निकायनै संलग्न हुदै आएको समेत पाईएको छ । भ्याट र कर छली गर्नकैलागि तेस्रो संस्करण भन्दै हिमालयन हाइड्रो एक्स्पोका नाम दिएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गाराईएको थियो ।