राहदानी बिभाग मै पुगेकालाई काम चाडै गर्दिने भन्दै रकम असुली

-


     सुचनाको हक     
     श्रावण १६ गते २०७९ मा प्रकाशित


Modern metal handcuffs. Vector illustration in flat style

काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका व्यक्तिबाट एक दिनमै काम हुन्छ भन्दै रकम असुली गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई, सिन्धुपाल्चोकका राम पौडेल र काठमाडौंका विवेक गुरुङ छन् ।

उनीहरुलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको डीएसपी अनिल घिमिरेले बताए । उनका अनुसार पक्राउ परेका मध्ये गुरुङको चाबहिलमा रोज बर्ड नामक फोटो स्टुडियो पनि छ ।

उनीहरुले विभिन्न व्यक्तिका नाममा आवेदन भरेको ३२ वटा अनलाइन फारम पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि चार दिन म्याद लिइएको घिमिरेले बताए ।