रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् ।
बुधबार रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुवास चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमुख अभिषेक सुक्लाद्वारा तीन नयाँ मोटरसाइकल सार्वजनिक गरिको हो ।
सर्वाजनिक गरिएका तिन नयाँ मिटिओर फयरवल, मिटिओर स्टेलर र मिटिओर सुुपरनोभा सार्वजनिक गरिएका हुन् ।
मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर-ओयल कुल्ड रहेको छ । इन्जिनले अधिकतम ६ हजार १०० आरपीएममा २०.२ ब्रेकर्स पावर र ४ हजार आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यसमा डुअल डिस्कब्रेक दिएको छ । तीन वटै मोटरसाइकलमा १५ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ । प्रति लिटर औषत ४० किलोमिटर माइलेज दिने छ ।
त्यस्तै, इजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४ सय एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनदुव स्पाइन फ्रेम, आगाडी (चौडा टुबलेस टायर्र (१००/९०-१९-५७ पी) पछाडी ( चौडा टुबलेस टायर (१४०/७०-१७-६६पी) जस्ता फिचरहरू पाउन सकिन्छ ।
मिटिओर फयरबल ३५० सीसी पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन् । त्यस्तै, मिटिओर स्टेलर ३५० सीसी कालो, निलो र रातो रंगमा र मेट्रोे सुपरनोभा ३५० सीसी खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन् ।
कम्पनीले मिटिओर फयरवलको मूल्य पाँच लाख पचास हजार रुपैयाँ, मिटिओर स्टेलरको मूल्य पाँच लाख पचपन्न हजार रुपैयाँ र मिटिओर सुपरनोभाको मूल्य पाँच लाख पैसठी हजार तोकेको छ ।
कम्पनीले सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ ।