मिति २०७९।११।१० गते यस कार्यालय मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको
प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०६ लेकसाईड जरेबर स्थित
शंकास्पद अवस्थामा हिँडिरहेका जिल्ला पर्वत मोदी गाउँपालिका वडा नं.६ बस्ने वर्ष ३१ को
सुरज नेपाली र जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं.१० बस्ने वर्ष २२ को प्रज्वल राई
भन्ने प्रज्वल कुमाललाई सोधपुछ तथा खानतलासी गर्दा सुरज नेपालीको साथबाट ६ एम्पुल
डाईजापाम, ६ एम्पुल फेनारगन र ४ एम्पुल नुफिन र प्रज्वल कुमालको साथबाट ५ एम्पुल
डाईजापाम, ५ एम्पुल फेनेरागन र ५ एम्पुल नुर्फिन बरामद भएको र निजहरूको घरकोठा
खानतलासी लिँदा लागू औषध ४५ एम्पुल डाईजापाम, ४८ एम्पुल फेनेरागन, ४८ एम्पुल
नुर्फिन, नाईट्रोभ्याट २१ ट्याबलेट र नगद रु.१,२६,५०० समेत बरामद भएको हुँदा
निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी
मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको ।