जिल्ला प्रहरी परिसर काठमाण्डौंले जिल्ला गुल्मी साविक दोहली गा.बि.स. हाल परिवर्तित ईश्मा गा.पा. वडा नं. ४ घर भई हाल काठमाडाैं महानगरपालिका वडा नं. ३२ बस्ने वर्ष ४० को मदन बाबु भण्डारीलाइ लिखत सम्बन्धी कसुर गरेको आराेपमा पक्राउ गरेकाे पुष्टि गरेकाे छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौंमा जाहेरी परेकोले काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई निजलाई थप अनुसन्धानको लागी मिति २०८०।०१।२३ गते पक्राउ गरिएको प्रहरीले उल्लेख गरेकाे छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौंका अनुसार, मदन बाबु भण्डारीलाई २०७०।०१।२७ गते ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीबाट ठगी सम्बन्धी कसुरमा समेत मुद्दा चलाएको र थप अनुसन्धान कार्य भईरहेको बताएकाे छ । पत्रकार भण्डारी सुरक्षा न्युज नेटवर्क प्रा.लि. प्रवन्ध निर्देशक समेत रहेका छन् ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलगायत पूर्व र वर्तमान प्रहरी अधिकृतहरूसँत अति निकट सम्बन्ध रहेका र बनाएका पत्रकार भण्डारीले सुरक्षा न्युज अनलाइनमा नेपाल प्रहरीकाे सरूवा, बढुवा र कारवाही सम्बन्धी समाचारले भर्ने गरेका थिए । कहिलेकहीँ सशस्त्र प्रहरी बलकाे पनि सरूवा, बढुवा सम्बन्धी समाचार सम्प्रेषण गर्ने गरेका थिए ।
पत्रकार मदन बाबु भण्डारी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँगै गुल्मी पुगेका थिए । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर गुल्मी पुगेर जिल्ला प्रहरी कार्यालय गुल्मी परिसरकाे नवनिर्मित कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवन, प्रहरी ब्यारेक, भान्सा घर तथा हिरासत कक्ष भवनहरूको २०८० २१ गते बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।