प्रहरीले ल्होत्से मलमा भएको लुटपाट र ८ करोड रुपैयाँको मोबाइल सेट चोरी भएको बारेमा अनुसन्धान थालेसंगै व्यवसायीहरु सम्र्पक विहिन हुन थालेका छन् ।
चोरी पैठारीबाट नेपाल भित्रिएका अधिकाशं मोबाइल सेटहरु सो मलमा बिक्रीकालागि राखिएको हुदाँ व्यवसायी तथा पसलेसंग विवरण माग गर्दा सो विवरण बुझाउन सकेनन् ।
जसबाट चारी गर्ने र भन्सार छली गरि कारोबार गर्ने दुवैमाथी कारबाही हुने निश्चित भएको एक प्रहरीले बताएका छन् । यातायात मजदुरको प्रदर्शनबीच नयाँ बसपार्कस्थित ल्होत्से मलमा भएको मोबाइल पसल लुटपाटको अनुसन्धानका क्रममा प्रहरी व्यवसायीसंग विवरण माग गर्दा नदिएपछि प्रहरीले कर कार्यालयसँग विवरण माग गरेसंगै व्यवसायीहरु सम्र्पक विहिन हुन पुगेका हुन ।
पत्रकार सम्मेलन नै गरेर मोबाइल पसल सञ्चालकले ८ करोडभन्दा बढीको मोबाइल लुटपाट भएको दाबी गर्दै सो को क्षतिपुर्ति सरकारले दिनुपर्ने माग राख्दै आएका थिए । सो क्षतिपूर्ति नपाएको खण्डमा कडा आन्दोलन समेत गर्ने चेतावनी दिएका व्यवसायीहरु अनुुसन्धानबाट भने भाग्दै आएका छन् ।
प्रहरीले विभिन्न समयमा सो लुटपाटमा संलग्न भएका मध्ये हालसम्म लुटिएको भनिएका १४ वटामात्र मोबाइल बरामद भएको जनाएको छ । मोबाइल पसलले बिक्री गर्न राखेका मोबाइलको आईएमई नम्बरलगायतका विवरण पेश गर्न व्यवसायीहरुले सकेका छैन ।
मोबाइल पसल सञ्चालकले भने लुटपाट भएपछिको नक्कली खरिद बील पेश गरेपछि प्रहरीले कर कार्यालयसँग विवरण माग गर्ना साथ उनीहरु अनुसन्धानलाई नै अबरोध पु¥याउदै विना अनुसन्धान माग गरेको रकम पाउनु पर्ने भन्दै लविङमा समेत लागेको बताइएको छ ।
प्रहरीका अनुसार साउनमा किनेका मोबाइलहरु अहिलेसम्म बाँकी थिए भन्ने आधार पनि व्यवसायीहरुले देखाउन नसकेको बताएका छन् । त्यसैले कति मोबाइल बिक्री भए र कति स्टकमा थियो भन्ने कर कार्यालयको रेकर्डबाट थाहा हुने भएकाले प्रहरीले कर कार्यालयबाट विवरण माग गरेको बताइएको छ ।
प्रहरीले कर कार्यालयबाट विवरण माग गर्दा साथ मोबाइल व्यवसायीहरु कर कार्यालयका कर्मचारीलाई मोटो रकम दिएर नक्कली विवरण सदर गरी प्रहरीलाई पठाउन समेत लविङमा लागेका छन् ।
यातायात मजदुरको प्रदर्शनका क्रममा भएको आगजनी सम्बन्धमा बालाजु वृत्त र मोबाइल पसल लुटपाट सम्बन्धमा महाराजगञ्ज वृत्तले अनुसन्धान गरिरहेको छन् । व्यवसायीहरुले लुटिएका भन्दा धेरै गुणा अर्थात अन्धधुन्ध रकमको मोबाइल लुटपाट भएकोे दाबी गरिएको अनुसन्धानमा खटिएका एक अधिकारीले बताएका छन् ।
ति अधिकारीका अनुसार व्यवसायीको पसलबाट लुटिएको भन्ने प्रमाणबाट देखिएसम्मको अनुसन्धान गरि रहेकोर दाबी भएअनुसारको विवरण व्यवसायीहरुले बुझाउन भने नसकेको बताइएको छ ।
रेकर्डमा नै नभएको सेटको समेत हिसाब गरेर क्षतिभएको भन्दैमा हामीले सही हो भनी भन्न नसकिएको प्रहरीको भनाई रहेको छ । व्यवसायीहरुले माग भएको विवरण पेश नगर्नुको कारण समेत चोरी पैठारी र विना भन्सार नेपाल भित्राएका मोबाइल सेट भएकाले व्यवसायीहरु सम्र्पकमा नआएको समेत अनुसन्धान खटिएका अधिकारीहरुको भनाई रहेको छ ।
नेपाल मोबाइल व्यवसायी महासंधको नाममा गरिएको पत्रकार सम्मेलनमा मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेका थिए । सो सम्मेलनमा महासंघको अध्यक्ष भएको परिचय दिदै भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरूका माग सम्बोधन नगरे देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका थिए । त्यस्तै महासंघका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले ८ देखि ९ करोड रुपैयाँ बराबरको मोबाइल, पैसा र अन्य सामाग्रीहरू लुटिएको बताएपनि माग गरिएको विवरण भने बुझाउन सकेनन् ।
ल्होत्से मलमा रहेका चालिसेको एसीडीसी मोबाइल पसल र डायमण्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालिमा दुई वटा मोबाइल पसलमा नै लुटपाट भएको सञ्चालक चालिसेको दाबी रहेको थियो । उनले सो दाबी गरेअनुसारको विवरण बुझाउन भने आनकानी गर्दै आएका छन् ।