वन रक्षक पदको परिक्षामा परिक्षा दिने २ जना नक्कली परिक्षार्थी पक्राउ

-


     सुचनाको हक     
     जेठ ३१ गते २०८० मा प्रकाशित


मिति २०८०।०२।३० गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ फुलवारी
स्थित रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परीसर भित्र संचालन भई रहेको
लोक सेवा आयोगको विज्ञापन नं.१४५-१५३/०७९/०८० (खुल्ला तथा समावेशी) प्रदेश
वन, सेवा, जनरल फरेष्ट्रि समूह, सहायक तेस्रो तह, वन रक्षक पदको शारीरिक तन्दुरुस्ती
(शारीरिक परीक्षण, दौड, रुख चढ्ने र पौडी) परिक्षामा परीक्षार्थीहरूको कागजातहरू
चेकजाँच गर्ने क्रममा अर्काको नाममा परिक्षा दिने जिल्ला जुम्ला चन्दननाथ नगरपालिका
वडा नं. ९ वयलकाटीया बस्ने वर्ष १८ को बालक र जिल्ला जुम्ला सिन्जा गाउपालिका वडा
नं.३ लुम बस्ने वर्ष २५ को पदम बुढाले परीक्षामा सहभागि हुँदै गरेको अबस्थामा फेला पारी
निजहरुलाई पक्राउ गरी चेकजाँच गर्दा परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामा आ-
आफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको हुँदा निजहरुलाई पक्राउ गरी
सम्मानित कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी मुद्दामा दिन ५ म्याद थप भएको छ ।