विद्यालयका अध्यक्ष पासवान साथै प्रधानाध्यापक रामदिनेश मण्डल रु. ५०,०००/- घुस रकमसहित नियन्त्रणमा ।

-


     दुर्गा आचार्य     
     जेठ २० गते २०७९ मा प्रकाशित


जिल्ला महोत्तरी, श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिदै गरेको अवस्थामा उक्त रकमसहित जिल्ला महोत्तरी, जलेश्वर न.पा.-२, टाउन प्लानिङ्ग स्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिदै ।