कञ्चनपुरमा विद्यालयको जमिनबाट माटो बेचेको आरोपमा चार जनामाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ।
लालझाडी गाउँपालिका–४ बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार जनाविरूद्ध मुद्दा दायर गरेको हो।
गैरकानूनी रूपमा उत्खनन गरी माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरूपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
सो विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यू भगवती इँटा उद्योगका म्यानेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धनबहादुर विष्टविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।