श्री बालमन्दिर माध्यमिक विद्यालय, व्यास नगरपालिका, तनहुँमा कार्यरत शिक्षिका सुनिता उपाध्याय पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्रहरु छानबिन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज शिक्षिका सुनिता उपाध्याय पौडेलले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट उत्तीर्ण गरेको हाईस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज सुनिता उपाध्याय पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर भएको छ।