जिल्ला महोत्तरी, श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरु प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०२।१९ गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा श्री मा.बि., एकडारा, महोत्तरीका प्रधानाध्यापक राम दिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पासमानले विद्यालयको खेलकुद मैदानको स्तरोन्नति गर्ने क्रममा विभिन्न बहाना बनाई निर्माण कार्य सुरु गर्न नदिई सेवाग्राहीसँग रु.५०,०००।–घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई बिगो रु.५०,०००।– (पचास हजार रुपैयाँ) कायम गरी निज प्रधानाध्यापक राम दिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पासमानलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद तथा जनही बिगो बमोजिम जरिवानाको सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ (१) बमोजिम बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
xEbSfr